राजविराज महोत्सवको तयारी पुरा 

राजविराज राजविराज
|
बुधबार, कार्तिक १४, २०८१
|
|
४८ पटक हेरिएको
Shares
राजविराज महोत्सवको तयारी पुरा 

सारांश

  •     महोत्सव मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी १५ कात्तिक बिहीबारदेखी सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
  •     ड्रिम नेपाल युवा संघ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा हुने महोत्सव कार्तिक २५ सम्म संचालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक चितरन्जन यादवले जानकारी दिए ।
  •     महोत्सवको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले उद्घाट्न गर्ने तय भएको पत्रकार सम्मेलनमा संयोजक यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 

    संस्कृती, पर्यटन, कृषि तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखी राजविराजस्थित राजरंगशालामा “राजविराज महोत्सव २०८१” सुरु हुने भएको छ ।
    महोत्सव मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी १५ कात्तिक बिहीबारदेखी सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
    ड्रिम नेपाल युवा संघ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा हुने महोत्सव कार्तिक २५ सम्म संचालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक चितरन्जन यादवले जानकारी दिए ।
    महोत्सवको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले उद्घाट्न गर्ने तय भएको पत्रकार सम्मेलनमा संयोजक यादवले जानकारी दिए । उनले महोत्सवले कला, संस्कृती, कृषि, पर्यटन, उद्योग ब्यापार र आर्थिक समृद्धिका लागि टेवा पु¥याउने विश्वास समेत व्यक्त गरे ।
    महोत्सवमा स्थानिय स्तरका विभिन्न उत्पादन र कला संस्कृती झल्किने वस्तु सहितका ४० वटा स्टल रहने पत्रकार सम्मेलनमा ड्रिम नेपालका अध्यक्ष कमल  किशोर साहले बताए । 
    महोत्सवमा स्थानिय  तथा राष्ट्रिय स्तरका कालाकारहरुको पनि प्रस्तुती हुने उनले जानकारी दिए । उनले स्थानिय स्तरका उत्पादनलाई प्रोत्साहन गर्न त्यस्ता सामग्री बिक्री गर्ने १० वटा व्यवसायीलाई महोत्सव स्थलमा निशुल्क स्टल उपलब्ध गराईने निर्णय भएको समेत जानकारी दिए ।
    ड्रिम नेपाल युवा संघका सचिव मुस्तकिम आलमले महोत्सवमा प्रवेश शुल्क वापत रु ५० निर्धारण गरिएको बताउँदै ५ बर्ष मुनिका बालबालिका, जेष्ठ नागरिक र संचारकर्मीका लागि भने प्रवेश शुल्क निशुल्क गरिएको जानकारी दिए ।
    यस्तै प्रवेश शुल्कमा खेलाडीलाई ५० र विद्यार्थीलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
    ६४ लाख रुपैया खर्च हुने अनुमान गरिएको महोत्सवका लागि विभिन्न संघ संस्था र पालिकाले सहयोग गर्ने आयोजकको विश्वास छ । महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न गेट, फिल्ड, मञ्च, खेल तमाशा, शान्ति सुरक्षा, स्टल, स्वयंसेवक परिचालन र निगरानी लगायतका विभिन्न १२ वटा उपसमिति समेत बनाईएको छ ।
    यस्तै महोत्सवमा कुनै खाले अप्रिय र आपराधिक घट्ना हुन नदिन निगरानीका लागि १५ वटा सिसि क्यारा समेत जडान गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु
दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु
पेस्तोलसहित दुई पक्राउ
पेस्तोलसहित दुई पक्राउ
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
प्रतिष्ठानको काम अन्तिम चरणमा, ऐन चाँडै आउने ः डा. चौधरी
प्रतिष्ठानको काम अन्तिम चरणमा, ऐन चाँडै आउने ः डा. चौधरी