पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, माघ ४, २०७८
|
|
२० पटक हेरिएको
Shares
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु

सारांश

  •     राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ७५ जनाको पिसिआर परिक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •       संक्रमित हुनेहरुमा ५६ जना सुरक्षाकर्मी छन् ।
  • राजविराजस्थित २ नं.

दैनिक समाचारदाता
राजविराज, ४ माघ ।

    सप्तरी जिल्लामा मंगलबार एकै दिन ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अघिल्लो दिनसम्म संक्रिय संक्रमितको संख्या ४० रहेकोमा मंगलबार एकै दिन ६५ जना संक्रमित थपिएपछि संक्रिय संक्रमितको संख्या १ सय ५ पुगेको छ । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ७५ जनाको पिसिआर परिक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    संक्रमित हुनेहरुमा ५६ जना सुरक्षाकर्मी छन् । राजविराजस्थित २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजका ५६ जना सुरक्षाकर्मी कोरोना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
    यस्तै सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलाशका चार जना न्यायाधिश र दुई जना कर्मचारीसमेत संक्रमित भएको उनले बताए । 
    जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कका अनुसार बिहीबार ५, शुक्रबार ७, शनिबार ८, आइतबार ९, सोमबार ११ र मंगलबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
    पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरुमा ५६ जना सुरक्षाकर्मी जिल्ला र उच्च अदालतका चार जना न्ययाधिश, तिलाठी कोइलाडी गाउँपालिकाका २ र राजविराज नगरपालिका तथा रुपनी गाउँपालिकाका १÷१ जना छन् । एक जना बाहेक सबै संक्रमित अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा होमआइशोलेसनमा रहेका छन् । 
संक्रमित एक महिलाको मृत्यु
    सप्तरीमा कोरोना संक्रमित एक महिलाको सोमबार राती मृत्यु भएको छ । 
    जिल्लाको रुपनी गाउँपालिका १ की ७५ वर्षिया चमेली साहको गजेन्द्र नारायण सिंह अस्पतालमा सोमबार राती मृत्यु भएको हो । 
    दुई दिनअघि उपचारका लागि भर्ना भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आइशोलेसनमा राखी उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा सोमबार मध्यरातमा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई
तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न 
तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न 
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 
सय कार्टुन बढी मदिरा बरामद
सय कार्टुन बढी मदिरा बरामद
पहिलो पटक बिजुलीबत्ति बलेपछि गाउवासी हर्षित  
पहिलो पटक बिजुलीबत्ति बलेपछि गाउवासी हर्षित  
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
अपहरण, शरीर बन्धक तथा डाका  मुद्दाका आरोपी दास पक्राउ
अपहरण, शरीर बन्धक तथा डाका  मुद्दाका आरोपी दास पक्राउ