अध्यक्षले दस्तखत किर्ते गरि  रकम झिकेको भन्दै  कोषाध्यक्षद्वारा प्रहरीमा उजुरी

राजविराज राजविराज
|
मंगलबार, श्रावण २६, २०७८
|
|
२३ पटक हेरिएको
Shares
अध्यक्षले दस्तखत किर्ते गरि  रकम झिकेको भन्दै  कोषाध्यक्षद्वारा प्रहरीमा उजुरी

सारांश

  •     सप्तरीको महदेवा गाउँपालिका ५ स्थित निर्माणधिन रहेको राम जानकी मन्दिरको उपभोक्ता समितिका कोषाध्यक्ष भुवनेश्वरी मण्डलले अध्यक्ष बिरेन्द्र मण्डल बिरुद्ध उजुरी दिएकी हुन् ।
  •       जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार उनले दर्ता गराएको उजुरीमा गाउँपालिकाबाट प्राप्त बजेटले निर्माण भइरहेको राम जानकी मन्दिरका लागि प्राप्त २ लाख २७ हजार रकम हनुमाननगर कंकालिनी नगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंकको खाता नं.
  • २२२७ बाट आफूलाई थाहै नदिई अध्यक्ष मण्डलले किर्ते दस्तखत गरि झिकेको उल्लेख गरेकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, २५ साउन । 
    उपभोक्ता समितिका कोषाध्यक्षले आफ्नो दस्तखत किर्ते गरि बैंकबाट रकम निकालेको भन्दै अध्यक्ष बिरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । 
    सप्तरीको महदेवा गाउँपालिका ५ स्थित निर्माणधिन रहेको राम जानकी मन्दिरको उपभोक्ता समितिका कोषाध्यक्ष भुवनेश्वरी मण्डलले अध्यक्ष बिरेन्द्र मण्डल बिरुद्ध उजुरी दिएकी हुन् । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार उनले दर्ता गराएको उजुरीमा गाउँपालिकाबाट प्राप्त बजेटले निर्माण भइरहेको राम जानकी मन्दिरका लागि प्राप्त २ लाख २७ हजार रकम हनुमाननगर कंकालिनी नगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंकको खाता नं. २२२७ बाट आफूलाई थाहै नदिई अध्यक्ष मण्डलले किर्ते दस्तखत गरि झिकेको उल्लेख गरेकी छिन् । 
    उनले उजुरीपत्र मार्फत घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माग गरेकी छिन् । जिल्ला प्रशासन कार्यालयले तत्कालै सो उजुरी बारे आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले उपभोक्ता समितिका कोषाध्यक्ष मण्डलद्वारा गाउँपालिकाको न्यायिक समितिमा समेत उजुरी परेको र सो बारे गाउँपालिका स्तरबाट पनि छानबिन सुरु गरिएको जानकारी दिए । 
    यता उपभोक्ता समितिका अध्यक्ष बिरेन्द्र मण्डलले सो आरोप निराधार रहेको बताउँदै कोषाध्यक्षको सहमतिमै बैंकबाट रकम झिकिएको र चेकमा उनले नै हस्ताक्षर गरेको दाबी गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?