छिमेकीको आक्रमणबाट गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु

राजविराज राजविराज
|
आइतबार, श्रावण १५, २०७९
|
|
७९ पटक हेरिएको
Shares
छिमेकीको आक्रमणबाट गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु

सारांश

  •     दुई साताअघि पूजाको प्रसाद खान बोलाएर छिमेकीले सांघातिक आक्रमणका कारण चौधरी गम्भिर घाइते भएका थिए ।
  •       टाउँकोमा गम्भिर चोट लागेका चौधरीको न्यूरो अस्पताल बिराटनगरमा समेत उपचार गरिएको थियो ।
  • तर, त्यहा निको नभइ डाक्टरले अब घरमै लगेर राख्न सल्लाह दिएपछि परिवारजनले अन्तिम प्रयास स्वरुप उनलाई दुई दिनअघि मात्र सो अस्पतालमा भर्ना गराएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 
    सप्तरीको खडक नगरपालिका ९ का ५० वर्षिय बौली चौधरीको आइतबार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 
    दुई साताअघि पूजाको प्रसाद खान बोलाएर छिमेकीले सांघातिक आक्रमणका कारण चौधरी गम्भिर घाइते भएका थिए । 
    टाउँकोमा गम्भिर चोट लागेका चौधरीको न्यूरो अस्पताल बिराटनगरमा समेत उपचार गरिएको थियो । तर, त्यहा निको नभइ डाक्टरले अब घरमै लगेर राख्न सल्लाह दिएपछि परिवारजनले अन्तिम प्रयास स्वरुप उनलाई दुई दिनअघि मात्र सो अस्पतालमा भर्ना गराएका थिए । 
    मृतकका जेठी छोरी चन्द्ररेखाका अनुसार गत असार २९ गते छिमेकी सुकमरिया देवीले बुबा बौलीसहित भिम राम र जितकुमार रामलाई पूजाको प्रसाद खान घर बोलाएका थिए । प्रसाद हातमा लिएकै बेला अचानक पछाडीबाट आएका सुकमरियादेवीका २५ वर्षिय छोरा उदयकान्तले बुबाको टाउँकोमा अन्धाधुन्द लाठी प्रहार गरि भागेको चन्द्ररेखाले सुनाइन् । 
    गम्भिर घाइते भएका बुबालाई तत्कालै स्थानिय देवकान्त चौधरीको िक्ल्नीक र त्यसपछि लहानस्थित एक अस्पतालमा पु¥याउँदा भर्ना लिन नमानेको उनले सुनाइन् । त्यसपछि बिराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको कान्छी छोरी आशाले सुनाइन् । 
    तर, साउन १० गते सो अस्पतालका चिकित्सकले अब बचाउन नसकिने भन्दै घरमै लैजान सल्लाह दिएपछि छिन्नमस्ता अस्पताल राजविराजमा ल्याइ राखिएको उनले बताइन् । मृतक चौधरीका दुई छोरी र एक छोरा छन् । डेढ महिना मात्र छोरा रबिन्द्र रोजगारीका लागि विदेश गएको बेला भएको घटनाले दुबै छोरी बेसहारा भएकी छिन् ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बौली चौधरीमाथी आक्रमण गर्ने छिमेकी उदयकान्तलाई घटनाको भोलीपल्टनै पक्राउ गरिएको बताए । उनले उदयकान्तमाथी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई हाल उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको जानकारी दिँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
जाहेरी फिर्ता गर्दै एसपीले अभद्र व्यबहार गरेको आरोप
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 
भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 
सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मतदान, डाक्नेश्वरी नगरपालिकाको एक केन्द्रमा विवादपछि निर्वाचन स्थगित
सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मतदान, डाक्नेश्वरी नगरपालिकाको एक केन्द्रमा विवादपछि निर्वाचन स्थगित