भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 

राजविराज राजविराज
|
बिहिबार, पौष २३, २०७७
|
|
७१ पटक हेरिएको
Shares
भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 

सारांश

  •     भारतको मधुवनी जिल्ला अन्तरगत करियौतस्थित एसएसबीले सुरक्षाको कारण देखाई पुल निर्माण कार्यमा अवरोध पु¥याएको जनाइएको छ ।
  • भारतीय सरकारको तर्फबाट कुनै जानकारी अथवा निर्देशन नआएकोले तत्काल निर्माण कार्य रोक्न भनेपछि काम अवरुद्ध भएको हो ।
  •       हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर आशुतोष कर्णले सीमा क्षेत्रबाट १ सय ९५ मिटर मात्रको दुरीमा रहेको र पुल निर्माण सुरक्षासित समेत जोडिएको विषय हो भन्दै निर्माणस्थलमै पुगेर एसएसबीको टोलीले एक महिनाअघि नै भनेपछि निर्माण कार्य रोक्नु परेको जानकारी दिएका छन ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ स्थित कठौना–पातो लिंक रोडमा पर्ने हुलाकी सडक आयोजना अन्तरगत खडक खोलामा पुल निर्माण कार्यमा भारतीय सुरक्षाकर्मीहरुले अवरोध पु¥याएका छन् । अवरोधका कारण पुल निर्माण कार्य विगत एक महिनादेखी ठप्प भएको छ । 
    भारतको मधुवनी जिल्ला अन्तरगत करियौतस्थित एसएसबीले सुरक्षाको कारण देखाई पुल निर्माण कार्यमा अवरोध पु¥याएको जनाइएको छ । भारतीय सरकारको तर्फबाट कुनै जानकारी अथवा निर्देशन नआएकोले तत्काल निर्माण कार्य रोक्न भनेपछि काम अवरुद्ध भएको हो । 
    हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर आशुतोष कर्णले सीमा क्षेत्रबाट १ सय ९५ मिटर मात्रको दुरीमा रहेको र पुल निर्माण सुरक्षासित समेत जोडिएको विषय हो भन्दै निर्माणस्थलमै पुगेर एसएसबीको टोलीले एक महिनाअघि नै भनेपछि निर्माण कार्य रोक्नु परेको जानकारी दिएका छन । 
    उनले भारतीय गाउँ करियौत र नेपालतर्फका बासिन्दाले सहमति जनाएपछि नेपाल सरकारले ठेक्का लगाएको बताए । काठमाडौंस्थित इलाइट कन्ट्रक्सन प्रालिले १ सय १२ मिटर लम्बाई तथा ११ मिटर चौडाईको उक्त पुल निर्माणको १८ करोड ३३ लाख रुँपैयामा ठेक्का पाएको उनले जनाए । 
    स्थानियले भने नेपाली भूमीमा भइरहेको निर्माण कार्यमा भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गर्नु अनुचित भएको बताएका छन् । स्थानीयहरुले सीमावर्ती भारतीय गाउँका बासिन्दा समेत बसेर छलफल गरि पुल निर्माणमा कुनै अवरोध नगर्ने सहमति भएको बताउँदै अचानक भारतीय सुरक्षाकर्मीले अवरोध गर्नु बुझिनसक्नु भएको बताएका छन् ।
    यता सीमावर्ती भारतीय गाउँ करियौतका सत्यनारायण यादवले पनि दुबै पक्षका गाउँवासीहरुको संयुक्त बैठकबसी पुल निर्माणमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त भएको बताउँदै अचानक एसएसबीले निर्माण कार्य रोक्नु उचित नभएको प्रतिक्रिया दिएका छन् । 
    यता सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले काम रोकिएको विषयमा मधुवनी जिल्लाका डिएमसँग समेत वार्ता गरि आवश्यक पहल भइरहेको जानकारी दिँदै यस बारेमा गृहमन्त्रालयलाई जानकारी गराइसकिएको र परराष्ट्र मन्त्रालयमार्फत दुबै देशबीच छलफल भएर पुल निर्माण कार्य चाडै अघि बढ्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि
शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि
बैश्य समाज सप्तरीको २१ सदस्यीय नयाँ कार्य समिति चयन
बैश्य समाज सप्तरीको २१ सदस्यीय नयाँ कार्य समिति चयन
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
विभिन्न पुरस्कारबाट  तीन पत्रकार सम्मानित
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
उपचारको अभावमा थला परेका  रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग
उपचारको अभावमा थला परेका  रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग
गाँजा तस्करीमा संलग्न एक भारतीयसहित तीन सार्वजनिक
गाँजा तस्करीमा संलग्न एक भारतीयसहित तीन सार्वजनिक
लागु औषधसहित दुई पक्राउ
लागु औषधसहित दुई पक्राउ
कोरोना त्रासका बीच स्वमसेवक सम्मेलन
कोरोना त्रासका बीच स्वमसेवक सम्मेलन
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या