उपचारको अभावमा थला परेका  रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
२० पटक हेरिएको
Shares
उपचारको अभावमा थला परेका  रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग

सारांश

  •     राजविराज ६ निवासी मजदुर पेशामा रहेका रमेश सदाको उपचारका लागी नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको हो ।
  •       शुक्रबार नगरपालिका कार्यवाहक प्रमुख इसरत परविन सदाको घरमै पुगि उनकी पत्नि रम्भालाई ५० हजारको चेक हस्तान्तरण गरेकी छिन् ।
  •       यसअघि बुधबार वडा नं.

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 

    नशा च्यापिएर उपचार गर्न असमर्थ रहेका विगत एक महिनादेखी घर मै राखिएका एक मजदुरको उपचारका लागी राजविराज नगरपालिकाले आर्थिक सहयोग गरेको छ । 
    राजविराज ६ निवासी मजदुर पेशामा रहेका रमेश सदाको उपचारका लागी नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको हो । 
    शुक्रबार नगरपालिका कार्यवाहक प्रमुख इसरत परविन सदाको घरमै पुगि उनकी पत्नि रम्भालाई ५० हजारको चेक हस्तान्तरण गरेकी छिन् । 
    यसअघि बुधबार वडा नं. ६ का अध्यक्ष शशी चौधरीले पनि श्रीमानको उपचार गराउन रम्भालाई १० हजार रुपैया सहयोग गरेका थिए । 
    यसका अतिरिक्त राजविराज नगरपालिका कार्यालयबाट सदाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा छुटका लागी विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत पाउनु पर्ने उपचार सुविधाको सिफारिश पत्र समेत उपलब्ध गराएका छन । 
    पेशाले मजदुर २७ वर्षिय सदा एक महिना अघि घर ढलान गर्ने क्रममा सिमेन्टको बोरा बोकेर लादै गर्दा अचानक ढलेर अचेत भएका थिए । उनको टाउँको, घाँटी र ढाडमा चोट लाग्नुका साथै घाँटी र ढाडको नशा च्यापिएको थियो । हिडडुल गर्न नसक्ने अवस्थामा रहेका सदाको उपचारमा डेढ लाख रुपैया लाग्ने भएपछी रकम अभावमा उनलाई अहिले घरकै ओच्छ्यान मै राखिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
प्रदेश २ को शिक्षा कार्यदल गठन
प्रदेश २ को शिक्षा कार्यदल गठन
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ
शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई
शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
राजविराजसहित कंचनरुप नगरपालिकाका विद्यालयहरु पाँच दिन बन्द, क्याम्पसमा २० दिन विदा 
राजविराजसहित कंचनरुप नगरपालिकाका विद्यालयहरु पाँच दिन बन्द, क्याम्पसमा २० दिन विदा 
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
दुई हजार आठ सय न्यानो ब्लयाङकेट बितरण
दुई हजार आठ सय न्यानो ब्लयाङकेट बितरण
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत