२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या

राजविराज राजविराज
|
सोमबार, चैत्र २७, २०७९
|
|
४५ पटक हेरिएको
Shares
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या

सारांश

  • —    घाइतेको संख्या ः २९  नवीनकुमार गुप्ता राजविराज, २७ चैत ।
  •       सप्तरीमा आत्महत्याका घटनाले भयावह रुप लिइरहेको छ ।
  • दिनहुँ जसो एकपछि अर्को आत्महत्याका घटना सार्वजनिक भइरहेको बेला सोमबार जिल्लामा थप दुई यूवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

चैतको १ देखी २७ गतेसम्म
—    झुण्डिएर तथा विष सेवन गरेर मृत्यु हुनेको संख्या ः ६ 
—    विष सेवन र झुण्डिएर आत्महत्याको प्रयास गर्नेको संख्या ः ३५ 
—    घाइतेको संख्या ः २९ 

नवीनकुमार गुप्ता
राजविराज, २७ चैत । 

    सप्तरीमा आत्महत्याका घटनाले भयावह रुप लिइरहेको छ । दिनहुँ जसो एकपछि अर्को आत्महत्याका घटना सार्वजनिक भइरहेको बेला सोमबार जिल्लामा थप दुई यूवकले झुण्डिएर आत्महत्या गरेका छन् ।
    योसँगै पछिल्लो २७ दिनको अवधीमा झुण्डिएर तथा विष सेवन गरेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहका अनुसार यस अवधीमा विष सेवन र झुण्डिएर आत्महत्याको प्रयास गर्नेको संख्या ३५ रहेको छ । जसमध्ये ६ जनाको मृत्यु तथा २९ जना घाइते भई उपचारका क्रममा रहेका छन् । आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । 
    जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय ३६ जनाले ज्यान गुमाएका थिए भने २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर ८१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
    विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएकोप्रति जिल्लाका सरोकारवाला निकाय समेत चिन्तित बनेका छन् । 
    यता प्रहरीले यस्ता घटनाहरु प्रति गम्भिर हुँदै जिल्लाको सम्पूर्ण पालिका तथा विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम संचालन समेत गर्दै आइरहेको छ तर, पनि यी घटनाहरुमा कमी आउनुका साटो झनै बृद्धि हुँदै गएकोमा चिन्तित देखिन्छन् । 
    प्रहरीका अनुसार सोमबार राजविराज नगरपालिका ११ झल्ही टोल बस्ने दिनेश मंडलका १७ वर्षिय छोरा राजु मंडलले आफ्नै सुत्ने कोठामा सिलिङ फ्यानको फलामको हुकमा गम्छाको पासो लगाई आत्महत्या गरेका छन् । राजुको शव झुण्डिएको अवस्थामा भेटेपछी परिवारजनले प्रहरीलाई खबर गरेका थिए । 
    शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै सोमबारै बिहान ८ बजेतिर महादेवा गाउँपालिका ४ बलिया टोल निवासी रामभरोस यादवका २१ वर्षिय छोरा अशोक यादवले झुण्डिएर आत्महत्या गरेका छन् । आफ्नै कोठामा बाँसको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई उनले आत्महत्या गरेको पाइएको डिएसपी सिंहले जानकारी दिए । 
    छोरा झुण्डिएको र छटपटाई रहेको अवस्थामा देखेर उनको आमा चिच्याएपछि जम्मा भएका परिवारजनले उनलाई तत्कालै डोरी (पासो) काटेर भुईमा राखेपनि उनको मृत्यु भइसकेको पाइएको डिएसपी सिंहले बताए । 
    आत्महत्याको कारण खुल्न नसकेको तथा शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
पुस्तक नपाएको भन्दै प्रअबिरुद्ध विद्यार्थीहरु सडकमा उत्रे
पुस्तक नपाएको भन्दै प्रअबिरुद्ध विद्यार्थीहरु सडकमा उत्रे
तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र 
तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र 
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
झुम्कालाई मेयर कपको उपाधी
झुम्कालाई मेयर कपको उपाधी
लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग 
लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग 
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
करेन्ट लागेर यूवकको मृत्यु
करेन्ट लागेर यूवकको मृत्यु
बिरामी अवस्थामा फेला परेको बाछोको मृत्यु
बिरामी अवस्थामा फेला परेको बाछोको मृत्यु