दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
नेपाली काँग्रेसका महिला नेतृ तथा कार्यकर्ताले बुधबार राजविराजमा हरितालिका तीज महोत्सव मनाएको छ ।
नेपाली काँग्रेस महिला संघ सप्तरीले आयोजना गरेको हरितालिका तीज महोत्वमा प्रमुख अतिथि नेपाली काँग्रेसका मधेश प्रदेश सह–महामन्त्री विन्दु कुमारी यादवले मधेशमा महिलाहरुले तीज महोत्सव मनाउनुले संस्कृती संरक्षणमा ठूलो भूमिका निर्वाह गरेको बताईन् ।
आफ्नो घर गृहस्थीमा व्यस्त महिलाहरुको लागि यस्तो महोत्सवले खुशी भएर रमाउने दुःख पीडा विर्सने अवसर पनि प्रदान गरेको उनले भनिन् ।
विशिष्ठ अतिथि सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी एक अर्कामा खुशीको साटासाट गरेर मनाउने महोत्सवमा महिलाहरुले बोल्ने, नाच्ने, गाउने गर्नुका साथै अटल सौभाग्यका लागि गरिने तीज पर्वमा सहभागी हुनुले आफु हर्षित भएको बताईन् ।
उनले तीज माईतमा गएर मनाउने पर्व भएको भएपनि आयोजकले माईती जस्तै वातावरण बनाएर यस्तो महोत्सवको आयोजना गरेको प्रति धन्यवाद समेत दिईन् ।
यस्तै अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरीले शुभकामना दिदै आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर व्रत बस्न आग्रह गरिन् ।
मधेश प्रदेशका सांसद निलम रजकको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक मञ्जु श्रेष्ठले तीजको महत्वबारे धारणा राखेकी थिईन् ।
कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, सचिव सनत मंडल, संगठन विभाग प्रमुख बद्री महात्मान, प्रवक्ता नन्दकिशोर यादव, शम्भुलाल देव, युवा नेता इरसाद अन्सारी, नेविसंघका सभापति राकेश ठाकुर र तिलाठी कोईलाडी गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साह र राजविराज नगरपालिकाका कार्यपालिका सदस्य ललिता कर्ण लगायतका उपस्थिति रहेको थियो ।
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव
सारांश
- नेपाली काँग्रेस महिला संघ सप्तरीले आयोजना गरेको हरितालिका तीज महोत्वमा प्रमुख अतिथि नेपाली काँग्रेसका मधेश प्रदेश सह–महामन्त्री विन्दु कुमारी यादवले मधेशमा महिलाहरुले तीज महोत्सव मनाउनुले संस्कृती संरक्षणमा ठूलो भूमिका निर्वाह गरेको बताईन् ।
- आफ्नो घर गृहस्थीमा व्यस्त महिलाहरुको लागि यस्तो महोत्सवले खुशी भएर रमाउने दुःख पीडा विर्सने अवसर पनि प्रदान गरेको उनले भनिन् ।
- विशिष्ठ अतिथि सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी एक अर्कामा खुशीको साटासाट गरेर मनाउने महोत्सवमा महिलाहरुले बोल्ने, नाच्ने, गाउने गर्नुका साथै अटल सौभाग्यका लागि गरिने तीज पर्वमा सहभागी हुनुले आफु हर्षित भएको बताईन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया