दैनिक समाचारदाता
राजविराज, १७ असार ।
राजविराजमा संचालित प्रथम राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी उदयपुरले हात पारेको छ ।
शनिबार राजरंगशालामा भएको फाइनल खेलमा धनुषालाई २–० गोल अन्तरले हराउँदै उदयपुरले उपाधी हात पारेको हो ।
जितसँगै उदयपुरले १ लाख ५० हजार नगद पुरस्कार हात पारे । यस्तै उपबिजेता धनुषाले एक लाख नगद पुरस्कार प्राप्त गरे ।
पहिलो हाफको ३१ औं मिनेटमा उदयपुरका बिशाल चौधरीले गोल गर्दै टिमलाई एक गोलको अग्रता दिलाए । त्यसको १० मिनेट नबित्दै उदयपुरका कृपा चौधरीले अर्को गोल थप्दै अग्रता दोब्बर पारे । धनुषाले गोल फर्काउन निकै प्रयास गरे पनि सफल हुन सकेन् ।
प्रतियोगिता समाप्तीपछि जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परबिनले बिजेताहरुलाई कप, प्रमाणपत्र र नगर पुरस्कार बितरण गरे ।
समापनका अवसरमा फुटबलका पूर्व सिनियर खेलाडी जिवन श्रेष्ठ, श्रीलाल देव, आलोक विश्वास, जितेन्द्र नारायण देव, हिरण्यराज भण्डारी, मनोज माझि, हरिनारायण मण्डल तथा जिल्ला खेलकुद विकास समितिका सेवा निवृत कर्मचारी तृप्ती नारायण साहलाई प्रमुख अतिथि परबिनले प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरे ।
प्रतियोगिताको बेस्ट मिड फिल्डर उदयपुरका आशिष चौधरी, बेस्ट डिफेन्डर सप्तरीका बिमल राई, उत्कृष्ट खेलाडी उदयपुरका बिशाल चौधरी, उत्कृष्ट गोलरक्षक उदयपुुरमा रेम्बो चौधरी, सर्वाधिक गोलकर्ता धनुषाका दिनेश होम्जोङ र उत्कृष्ट प्रशिक्षक उदयपुरका संजय चौधरी घोषित भए ।
राजविराज नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा कुल ८ टिमको सहभागिता थियो ।
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
सारांश
- शनिबार राजरंगशालामा भएको फाइनल खेलमा धनुषालाई २–० गोल अन्तरले हराउँदै उदयपुरले उपाधी हात पारेको हो ।
- जितसँगै उदयपुरले १ लाख ५० हजार नगद पुरस्कार हात पारे ।
- यस्तै उपबिजेता धनुषाले एक लाख नगद पुरस्कार प्राप्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया