कोशीमा बस खसे लगत्तै सबैको सकुशल उद्दार

राजविराज राजविराज
|
बिहिबार, आश्विन १०, २०८१
|
|
९१ पटक हेरिएको
Shares
कोशीमा बस खसे लगत्तै सबैको सकुशल उद्दार

सारांश

  •     बिराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको नरसिंह डिलक्स नाम गरेको को.
  • १ख.
  • ४६०१ नम्बरको यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नं.

दैनिक समाचारदाता
राजविराज, १० असोज ।

    सप्तकोशी नदीमा बिहीबार साँझ ६ बजेतिर एक यात्रुबाहक बस खसेको छ । 
    बिराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको नरसिंह डिलक्स नाम गरेको को.१ख. ४६०१ नम्बरको यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नं. ३४–३६ को नजिकैबाट नदीमा खसेको हो । 
    बसमा १७ जना यात्रु सवार रहेको जनाइएको छ । सबै यात्रुलाई स्थानीयले सकुशल उद्दार गरेका छन् ।  
    नदीमा पानीको वहाव कम रहेको तथा ब्यारेजमा साँझपख स्थानीयहरुको वाक्लो उपस्थिती रहेको कारणले सबै यात्रुको सकुशल उद्दार भएको जनाइएको छ ।
    घटना विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख गुजुसिद्धि बज्राचार्यले जानकारी दिए । 
    यता स्थानीयका अनुसार बिहानैदेखी भइरहेको वर्षाका कारण अनियन्त्रित भइ बस नदीमा खस्न गएको हुन सक्ने जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
नेपाल सहकारीको साधारण सभा सम्पन्न
नेपाल सहकारीको साधारण सभा सम्पन्न
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
लालपूर्जा माग गर्दै  राजविराजवासीद्वारा दिनँहु प्रदर्शन
लालपूर्जा माग गर्दै  राजविराजवासीद्वारा दिनँहु प्रदर्शन
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
दुई लाख घुससहित वडा  सचिव मिश्र पक्राउ
दुई लाख घुससहित वडा  सचिव मिश्र पक्राउ