दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
बाढी पहिरोको वेला हुने जोखिम र महामारीवाट जोगिन तथा खानेपानी शुद्विकरण सम्बन्धी खानेपानी सरसफाई डिभिजन कार्यालयले एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बुधवार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा युनिसेफको सहयोगमा राजबिराजमा सरोकारवाला निकायहरूसँगको अन्तरक्रियामा जोखिमको वेलामा पानी शुद्विकरण तथा साबुन पानीले हात धुने सम्बन्धमा छलफल गरेको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्र प्रमुख शैलेन्द्र कुमार झाले बाढी प्रभावित क्षेत्र, तथा जोखिमको वेला पानी शुद्विकरण गरि मात्र पिउन आग्रह गरे ।
उनले समुदायमा चर्पी प्रयोग गर्दा तथा पानी शुद्वगरी खानका लागि टुवेल, धारा, र ईनारको पानी प्रयोग गर्दा पिउस, वाटर गार्ड, एक्वा ट्याप राखेर आधा घण्टापछि मात्र पिउन सबैलाई अनुरोध समेत गरे ।
शुद्व पानी नखादा जन्डसि, आउँ, झाडापखाला तथा हैजा जस्ता महामारी रोग लाग्ने भएकोले पानी जन्य रोगवाट बच्नका लागि समुदाय ब्याप्क प्रचारप्रचार गर्नु आबश्यक रहेको सबल नेपालका परमेश्वर झाले जानकारी दिए ।
सोही कार्यक्रममा हात धुएर पानी खाने, चर्पि, महिला गर्भवति महिलालाई कसरी लाने, टुवेलको पानी खादै नखाने, पोखरीमा बिलिंक पाउडर प्रयोग गरि खाने, दैबि प्रकोप को वेला सतर्कता अपनाउनु पर्ने गैसस अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी गराएका छन् ।
उक्त अवसरमा खानेपानी सरसफाई डिभिजन कार्यालय निमित प्रमुख शैलेन्द्र कुमार झा, युनिसेफ वास अफिसर सुनिता सुल्फे, सप्तरीका सम्पुर्ण पालिका वास संयोजक सुमिन्त्रा राई, गैसस अध्यक्ष शम्भुनन्द चौधरी, सबल नेपालका परमेश्वर झा, लगायतले सहजिकरण गरेका थिए ।
उक्त कार्यक्रममा सरसफाई क्षेत्रमा काम गर्ने खानेपानी तथा सरसफाई डिभिजन, सबल नेपाल, सेभद सप्तरी, सप्तरी सामुदायिक बिकास केन्द्र लगायतका ६० जना स्वयमसेवकहरूको सहभागिता रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राबिधिक रामाप्रसाद साहले जानकारी दिएका छन् ।
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
सारांश
- बुधवार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा युनिसेफको सहयोगमा राजबिराजमा सरोकारवाला निकायहरूसँगको अन्तरक्रियामा जोखिमको वेलामा पानी शुद्विकरण तथा साबुन पानीले हात धुने सम्बन्धमा छलफल गरेको हो ।
- खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्र प्रमुख शैलेन्द्र कुमार झाले बाढी प्रभावित क्षेत्र, तथा जोखिमको वेला पानी शुद्विकरण गरि मात्र पिउन आग्रह गरे ।
- उनले समुदायमा चर्पी प्रयोग गर्दा तथा पानी शुद्वगरी खानका लागि टुवेल, धारा, र ईनारको पानी प्रयोग गर्दा पिउस, वाटर गार्ड, एक्वा ट्याप राखेर आधा घण्टापछि मात्र पिउन सबैलाई अनुरोध समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया