दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
माटो बोकेर जाँदै गरेको ट्याक्टर बिहीबार पल्टिदा एक जनाको मृत्य भएको छ भने दुर्घट्नामा परी अर्का एक जना गम्भिर घाईते भएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ रम्पुरा मल्हिनियाँमा स.१त. ५०८३ नम्बरको ट्याक्टर पल्टिदा सोही वडाका जितेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउको र ढाडमा चोट गहिँरो चोट लागेका २१ बर्षीय यादवलाई उपचारका लागि स्थानिय छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक जितिन्द्र कुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा सोही वडाका २० बर्षीय दिपेश यादव घाइते भएको र उनको अहिले छिन्नमस्ता अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माटो बोकेर लैजाने क्रममा माटो निकालेर बनेको गहिँरो खाडलमा अचानक टायर फँसेर ट्याक्टर पल्टिएको थियो ।
माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ रम्पुरा मल्हिनियाँमा स.
- १त.
- ५०८३ नम्बरको ट्याक्टर पल्टिदा सोही वडाका जितेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया