नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन

राजविराज राजविराज
|
मंगलबार, जेठ २३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन

सारांश

  •     कार्यवाहक नगर प्रमुख परविनले मंगलवार आयोजना गरेको नगरको विकास तथा त्यसमा देखिएको बाधा, अवरोध र जटिलता बारे अन्तरक्रिया कार्यक्रममा सो धम्की बारे जानकारी गराएकी हुन् ।
  •       उनले अतिआवश्यक कामलाइ अघि बढाउन चाहदा पनि केही कर्मचारी समेतले नटेरेको तथा नगरमा आवश्यक नगर प्रहरी भर्नाको काम अघि बढाउन खोज्दा प्रमुख प्रशासकिय अधिकृत समेतलाई भर्ना प्रक्रिया अघि नबढाउन केही जिम्मेवार ब्यक्तीहरुबाटै धम्की आएको गुनासो पोखिन ।
  •     तर उनले धम्की दिने ब्यक्तीको नाम भने खुलाउन चाहिनन् ।

दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।

    राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परबिनले नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की आएको बताएकी छिन् । 
    कार्यवाहक नगर प्रमुख परविनले मंगलवार आयोजना गरेको नगरको विकास तथा त्यसमा देखिएको बाधा, अवरोध र जटिलता बारे अन्तरक्रिया कार्यक्रममा सो धम्की बारे जानकारी गराएकी हुन् । 
    उनले अतिआवश्यक कामलाइ अघि बढाउन चाहदा पनि केही कर्मचारी समेतले नटेरेको तथा नगरमा आवश्यक नगर प्रहरी भर्नाको काम अघि बढाउन खोज्दा प्रमुख प्रशासकिय अधिकृत समेतलाई भर्ना प्रक्रिया अघि नबढाउन केही जिम्मेवार ब्यक्तीहरुबाटै धम्की आएको गुनासो पोखिन ।
    तर उनले धम्की दिने ब्यक्तीको नाम भने खुलाउन चाहिनन् । असहयोग र धम्की कै कारण नगर प्रहरी भर्ना, नगरमा सिसी क्यामरा जडान, स्वास्थ्य चौकीहरुमा औषधी र उपकरणहरुको व्यवस्थापन, निर्माणधीन अवस्थामा रहेको वसपार्क अविलम्व संचालन लगायतका योजनाको काम पनि त्यतिकै थाँती राख्नु परेको उनको भनाई थियो । 
    अन्तरक्रियामा नगरपालिकाबाट प्रवाह हुने सेवा, सुविधा र विकास निर्माण लगायतका कार्य छिटो छरितो र पारर्दशी ढंगले अघि बढे खुला हृदयले सहयोग गर्ने पूर्व जनप्रतिनीधी, विभिन्न राजनीतिक दल तथा संघ संस्थाका प्रतिनीधीहरुले सामुहिक प्रतिबद्धता जनाएका छन् । 
    कार्यक्रममा कार्यवाहक नगर प्रमुख परविनले नगर विकासका लागी आफुले जिम्मेवारी पाए यता इमान्दारीपूर्वक काम गरेको दाबी गर्दै बेला बेलामा आन्तरिक र बाह्य दुबै पक्षका केही ब्यक्तीहरुबाट हुने गरेको अनावश्यक हस्तक्षेप र बाधा अडचनले समस्या हुने गरेको सुनाईन । 
    उनले आफु महिला भएकै कारण पनि कतिपयलाई नपचिरहेको भन्दै चौतर्फी असहयोगले गर्दा चाहेर पनि विकास निर्माण कार्यलाई गति दिन नसकेको लाचारी सुनाईन । 
    छलफलमा पूर्व मन्त्रि रेणु यादव, पूर्व मेयरहरु शैलेश चौधरी, शम्भु प्रुसाद यादव, महिदेव चौधरी, पूर्व नगर उपप्रमुख साधना झा, नेपाली काँग्रेसका युवा नेता इर्शाद अन्सारी, धु्रव देव, नन्द किशोर यादव, लोसपाका केन्द्रिय नेता जय प्रकाश ठाक्ुर, दिपेन्द्र चौधरी, एमालेका जिल्ला सचिव देवनाथ यादव, अखिलेश झा, जनमत पार्टीका रामलखन मण्डल, जसपाका जिल्ला अध्यक्ष केदार यादव, लक्ष्मण यादव, उधोग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवाल, समाजसेवी शैलेन्द्र मोहन झा लगायतले कार्यालयको आन्तरिक प्रशासनमा सुधार ल्याउदै समन्वय र इमान्दीका साथ जनताका लागी विकास निर्माण लगायतका काम अघि बढाउन सुझाव दिदै त्यसमा आफुहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?