सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा

राजविराज राजविराज
|
आइतबार, आषाढ २२, २०८२
|
|
१६ पटक हेरिएको
Shares
सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा

सारांश

  •     नेपाली सेनाको बरख गण भलुवाही ब्यारेक राजविराजले सेनाको अपरेशनल आवश्यकताका लागि भन्दै सर्पदंश उपचार केन्द्रमा खटिएका सैनिक जनशक्तिलाई असार मसान्तभित्र फिर्ता हुन निर्देशन दिएपछी स्थानीय आन्दोलनमा उत्रेका हुन ।
  •       सेनाको बरख गणले २०८२ जेठ २० गते सर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति कल्याणपुरलाई पठाए पछी स्थानीय लामो समय देखी संचालनमा रहेको सर्पदंश उपचार केन्द्र बन्द हुने दाबी गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन ।
  • गणद्वारा पठाइएको पत्रमा भनिएको छ,‘‘ सर्पदंश उपचार केन्द्रमा तैनाथ रहेका गणका फौजहरु नेपाली सेनाको अपरेशनल आवश्यकताका कारण मिति २०८२ असार मसान्तभित्र गण हेड क्वाटर भलुवाही ब्यारेक राजविराज फिर्ता गर्ने निर्णय भएको हुदाँ फौज फिर्ता पश्चात उक्त सर्पदंश उपचार केन्द्रमा यस गणको मेडिकल जनशक्ति (२ वा ३) सोही स्थानमा रही उपचार सेवालाई निरन्तरता दिने योजना रहेको हुदाँ त्यस समिति मार्फत उक्त केन्द्र सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक थप जनशक्ति खटाई दिने व्यवस्थाको लागि अनुरोध गरिन्छ ।

दैनिक समाचारदाता
राजविराज, २२ असार ।

    वर्षाै देखी संचालनमा रहेको सप्तरीको खडक नगरपालिका कल्याणपुर स्थित सर्पदंश उपचार केन्द्रबाट सेनाको जनशक्ति फिर्ता लैजाने चर्चा चलेपछि स्थानीय आन्दोलित भएका छन । 
    नेपाली सेनाको बरख गण भलुवाही ब्यारेक राजविराजले सेनाको अपरेशनल आवश्यकताका लागि भन्दै सर्पदंश उपचार केन्द्रमा खटिएका सैनिक जनशक्तिलाई असार मसान्तभित्र फिर्ता हुन निर्देशन दिएपछी स्थानीय आन्दोलनमा उत्रेका हुन । 
    सेनाको बरख गणले २०८२ जेठ २० गते सर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति कल्याणपुरलाई पठाए पछी स्थानीय लामो समय देखी संचालनमा रहेको सर्पदंश उपचार केन्द्र बन्द हुने दाबी गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन । गणद्वारा पठाइएको पत्रमा भनिएको छ,‘‘ सर्पदंश उपचार केन्द्रमा तैनाथ रहेका गणका फौजहरु नेपाली सेनाको अपरेशनल आवश्यकताका कारण मिति २०८२ असार मसान्तभित्र गण हेड क्वाटर भलुवाही ब्यारेक राजविराज फिर्ता गर्ने निर्णय भएको हुदाँ फौज फिर्ता पश्चात उक्त सर्पदंश उपचार केन्द्रमा यस गणको मेडिकल जनशक्ति (२ वा ३) सोही स्थानमा रही उपचार सेवालाई निरन्तरता दिने योजना रहेको हुदाँ त्यस समिति मार्फत उक्त केन्द्र सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक थप जनशक्ति खटाई दिने व्यवस्थाको लागि अनुरोध गरिन्छ ।” उक्त पत्राचार पछी संशकित बनेका स्थानीयहरु आन्दोलन सुरु गरेका हुन् । 
    सैनिक जनशक्तिलाई फिर्ता बोलाएर सर्पदंश उपचार केन्द्र बन्द गराउन वा अन्यत्र नै सार्न लागेको भन्दै स्थानीयहरुले आईतवार विहान केहीबेर पुर्वपश्चिम राजमार्ग अन्तर्गत कल्याणपुरमा चक्काजाम समेत गरेका छन् ।
    सर्पदंशका बिरामीहरुको उपचारका लागि जिल्लामा रहेको एकमात्र सर्पदंश उपचार केन्द्रबाट सैनिक जनशक्ति फिर्ता बोलाएर उपचार केन्द्र नै अन्यत्र सार्न लागेकोले आफुहरु आन्दोलनमा उत्रिएको खडक नगरपालिकाका स्थानीय धु्रव चौधरीले बताएका छन । 
    जिल्लाकै यो एक मात्र सर्पदंश उपचार केन्द्र हो, जहाँ सर्पदंशका थुपै्र बिरामीहरुले उपचार पाईरहेका छन”,उनले भने,‘‘ तर त्यहाँ खटिएका सैनिक जनशिक्तहरुलाई फिर्ता बोलाईएको छ, सैनिकहरु फिर्ता भयो भने कुनै पनि बेला त्यहाँका मेडिकल टिम फिर्ता जान सक्छ, र सर्पदंश उपचार केन्द्र बन्द हुन सक्छ ।
    गर्मी बढेसँगै सर्पदंशका घटनाहरु बढिरहेका बेला जिल्लामा थप सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्नेमा सञ्चालनमा रहेको एकमात्र सर्पदंश उपचार केन्द्रलाई पनि अन्यत्र सार्ने नियतबाट सैनिक जनशक्ति फिर्ता लैजाने निर्णय भएको स्थानीयको आरोप छ ।  
    २०७६ सालमा स्थापना भएको सो सर्पदंश उपचार केन्द्रबाट हालसम्म दुई हजार भन्दा बढी सर्पदंशका बिरामीहरुले उपचार पाएको सर्पदंश उपचार केन्द्र कञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मो. उस्मानले बताएका छन । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास
बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास
ठगी र जबरजस्तीकरणीको आरोपमा राजपा कोषाध्यक्ष मेहता पक्राउ
ठगी र जबरजस्तीकरणीको आरोपमा राजपा कोषाध्यक्ष मेहता पक्राउ
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
युटुवर बिक्कि सिंह पक्राउ
युटुवर बिक्कि सिंह पक्राउ
लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु
लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु
आधारभूत पत्रकारिता तालिम सम्पन्न
आधारभूत पत्रकारिता तालिम सम्पन्न
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया