अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा

राजविराज राजविराज
|
शुक्रबार, पौष २२, २०७९
|
|
२३ पटक हेरिएको
Shares
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा

सारांश

  •     जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षिय राजु भनिने राजकुमार सदाको चिसोले कठयांग्रीएर ज्यान गएको वडा अध्यक्ष मुनिलाल मुखियाले जानकारी दिएका छन् ।
  • राति खाना खाएर सुतेका उनी बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए ।
  •       अति विपन्न परिवारका उनी खुल्ला ठाउँमा रहेका एलानी जग्गामा फुसको झुप्रोमा ६ सन्तान सहित बसोवास गर्दै आएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 

    केही दिनदेखी शितलहर चलेपछि जनजीवन कष्टकर बन्दा शुक्रबार सप्तरीमा एक जनाले ज्यान गुमाउनु परेको छ । 
    जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षिय राजु भनिने राजकुमार सदाको चिसोले कठयांग्रीएर ज्यान गएको वडा अध्यक्ष मुनिलाल मुखियाले जानकारी दिएका छन् । राति खाना खाएर सुतेका उनी बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । 
    अति विपन्न परिवारका उनी खुल्ला ठाउँमा रहेका एलानी जग्गामा फुसको झुप्रोमा ६ सन्तान सहित बसोवास गर्दै आएका थिए । दुई वर्ष अघि उनको श्रीमतीको रोग लागेर मृत्यु भएको थियो । दुई वर्षको अन्तरालमा बुवा पनि गुमाउँदा पुग्ला सदाको तीन नावालक छोरा र तीन छोरीको बिचल्ली भएको छ । 
    यता बिहानैदेखी बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ । शितलहर बढेपछि सार्वजनिक स्थलमा दाउरा बालेर आगो ताप्नेक्रम पनि बढेको छ ।
    दिउँसो भन्दा विहान र बेलुका धैरै चिसो महशुस हुने गरेको छ । विहानैदेखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चलहपहल निकै घटेको छ । अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा, रुघाखोकीका विरामीको चाप समेत बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । 
    चिसोबाट विशेष गरी अतिविपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी प्रभावित भईरहेका छन । शरीर ढाक्ने पर्याप्त न्यानो लुगा नरहेको तथा अर्काेतिर अत्याधिक चिसोले काममा जान नपाउँदा हात मुख जोर्न उनीहरुलाई समस्या भएको छ ।
    चिसो कै कारण क्षति नहोस भन्ने उद्देश्यले क्षती न्युनिकरण गर्न आवश्यक उपायका लागी जिल्लाका सबै स्थानीयतह सँगको समन्वय गरि स्थानीय प्रशासनले दाउरा बाल्ने जोहो गरेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्तासहित १३ स्थानीय तहले ल्याउन सकेन बजेट 
छिन्नमस्तासहित १३ स्थानीय तहले ल्याउन सकेन बजेट 
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने ः एसपी काफ्ले 
सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने ः एसपी काफ्ले 
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ