क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै

राजविराज राजविराज
|
शनिबार, आषाढ २०, २०७७
|
|
४१ पटक हेरिएको
Shares
क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै

सारांश

  •     हालसम्म सरकारले विद्यालय खोल्ने निर्णय नगरेको अवस्थामा घरमै बसेर विद्यार्थीहरु पठनपाठन गर्न सकोस् भन्ने उद्देश्यले पुस्तक बितरण गरिएको राजविराजस्थित ठाकेदेवी जोगन्द्र भगत राजदेवी माविका प्रअ दिलिप कुमार यादवले जानकारी दिए ।
  •     विद्यालयहरुले कक्षा १ देखी १० कक्षा सम्मको विद्यार्थीहरुका लागि निशुल्क पुस्तक बितरण गरेको उनको भनाई छ ।
  •       यस्तै राजविराजकै पविमाविका प्रअ अरुण झाले विषयगत शिक्षकहरुलाई आफ्ना विद्यार्थीहरुको सम्पर्कमा रहेर पढाउन निर्देशन दिएको बताए ।

    राजविराज÷सप्तरीका अधिकांश सामुदायिक विद्यालयहरुले सरकारी पाठ्यपुस्तकहरु बितरण गरिरहेका छन् । 
    कोरोना भाइरसका कारण सरकारले गत चैत ११ गतेदेखी लकडाउन गरेपछि वार्षिक परिक्षा समेत प्रभावित भएको थियो भने हालसम्म नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुनसकेको छैन् । 
    सोही कुरालाई दृष्टिगत गरि सामुदायिक विद्यालयहरुले विद्यार्थीका लागि नयाँ पाठ्यपुस्तक सम्बन्धित विद्यालयबाट बितरण सुरु गरेको हो । 
    हालसम्म सरकारले विद्यालय खोल्ने निर्णय नगरेको अवस्थामा घरमै बसेर विद्यार्थीहरु पठनपाठन गर्न सकोस् भन्ने उद्देश्यले पुस्तक बितरण गरिएको राजविराजस्थित ठाकेदेवी जोगन्द्र भगत राजदेवी माविका प्रअ दिलिप कुमार यादवले जानकारी दिए ।
    विद्यालयहरुले कक्षा १ देखी १० कक्षा सम्मको विद्यार्थीहरुका लागि निशुल्क पुस्तक बितरण गरेको उनको भनाई छ । 
    यस्तै राजविराजकै पविमाविका प्रअ अरुण झाले विषयगत शिक्षकहरुलाई आफ्ना विद्यार्थीहरुको सम्पर्कमा रहेर पढाउन निर्देशन दिएको बताए । उनले निकट भविष्यमा अनलाइन शिक्षा पनि संचालन गर्ने आफ्नो योजना रहेको बताए । 
    विद्यालयमा ग्रामिण भेगका अधिकांश विद्यार्थी पठनपाठन गरिरहेकाले अनलाईन शिक्षा संचालनमा कठिनाई हुने भन्दै उनले भने, “यस विद्यालयमा गरिब विद्यार्थीहरु नै बढी भएकोले अनलाइन शिक्षा संचालनमा निकै कठिनाई हुनेछ ।” यद्दपी केही विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर अनलाइन कक्षा संचालन गर्ने योजनामा रहेको उनको भनाई छ । 
    यता राजविराज नगरपालिकाका विद्यालय निरिक्षक भोगेन्द्र यादवले जिल्लाभरमा क्वारेन्टाइन राखिएका विद्यालयहरु बाहेकका विद्यालयहरुमा पाठ्यपुस्तक बितरण भइरहेको जानकारी दिँदै इन्टरनेट उपलब्ध भएका विद्यार्थीहरुले अनलाइन शिक्षा समेत लिइरहेको बताए ।   
    नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १८ गते वैकल्पिक प्रणालीबाट सिकाइ सहजिकरण निर्देशिका २०७७ जारी गरेको हो । यही निर्देशिकालाई आधार बनाएर असार १ देखि देशभर वैकल्पिक प्रणालीबाट बालबालिकाका लागि सिकाइ अभियान प्रारम्भ भएको छ ।
    यता सप्तरीका अधिकांश सामुदायिक विद्यालयहरुले नेपाल सरकारको निर्देशन अनुसार असारको पहिलो सातादेखी विद्यार्थीहरुलाई पाठ्यपुस्तक बितरण गरिरहेको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
कोरोना भाईरस सम्बन्धी  जनचेतनामूलक कार्यक्रमलाई तिब्रता
कोरोना भाईरस सम्बन्धी  जनचेतनामूलक कार्यक्रमलाई तिब्रता
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी