आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त

राजविराज राजविराज
|
आइतबार, कार्तिक २०, २०७९
|
|
४१ पटक हेरिएको
Shares
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त

सारांश

  •     मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले तीन–तीन पटक सर्वदलिय बैठक राखेर ध्यानाकर्षण गराउँदा पनि आचार संहिताको उल्लघंन हुन नछाडेको प्रति दललगायत उम्मेदवारहरु गम्भिर हुनुपर्ने बताएका छन् ।
  •       यसअघि तीन पटक आचार संहिता पालना बारे छलफल राखिसकिएको बताएका उनले आचार संहिता पालनाका बारेमा सरोकारवालाहरुलाई राखेर छलफल गर्ने जानकारी दिएका छन् ।
  •       निर्वाचन स्वच्छ, मर्यादित, भयरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि आचार संहिताको पालना पनि प्रमुख आवश्यकता रहेको बताउँदै उनले अझै पनि यसको उल्लघंन भइरहेको स्वीकार गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 

    जिल्ला निर्वाचन कार्यालय सप्तरीले आइतबार आयोजना गरेको जिल्ला स्तरिय अभिमूखीकरण कार्यक्रममा जिल्लामा आचार संहिताको व्यापक उल्लघंन भइरहेकोप्रति चिन्ता व्यक्त गरिएको हो । 
    मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले तीन–तीन पटक सर्वदलिय बैठक राखेर ध्यानाकर्षण गराउँदा पनि आचार संहिताको उल्लघंन हुन नछाडेको प्रति दललगायत उम्मेदवारहरु गम्भिर हुनुपर्ने बताएका छन् । 
    यसअघि तीन पटक आचार संहिता पालना बारे छलफल राखिसकिएको बताएका उनले आचार संहिता पालनाका बारेमा सरोकारवालाहरुलाई राखेर छलफल गर्ने जानकारी दिएका छन् । 
    निर्वाचन स्वच्छ, मर्यादित, भयरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि आचार संहिताको पालना पनि प्रमुख आवश्यकता रहेको बताउँदै उनले अझै पनि यसको उल्लघंन भइरहेको स्वीकार गरेका छन् । 
    निर्वाचनमा सुरक्षाका लागि सप्तरीसित सीमाना जोडिएको भारतका जिल्ला सुपौल र मधुवनीस्थित डिस्ट्रिक्ट मजिस्ट्रेट र एसपी समक्ष बारम्बार कुरा भइरहेको जानकारी दिँदै उनले निर्वाचन आचार संहिता पालना गरि निर्वाचन सफलताका साथ सम्पन्न गर्नका लागि सहयोगको आग्रह पनि गरे ।
    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले निर्वाचनको आचार संहिता उल्लंघन गर्नेलाई ध्यानाकर्षण गराउने, स्पष्टिकरण सोध्ने र केही सीप नलागे उम्मेदवारी नै रद्दको प्रावधान समेत रहेको जानकारी दिए । उनले संचारकर्मीले समेत निर्वाचन आचार संहिता पालना गर्नु आवश्यक रहेको भन्दै यसबाट सफलताका साथ निर्वाचन सम्पन्न गर्नमा मद्दत पुग्ने बताए । 
    कार्यक्रममा स्थानिय संचारकर्मीहरुले निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग भइरहेको, सामाजिक संजालमा एक पक्षले अर्को पक्षलाई अमर्यादित रुपमा टिकाटिप्पणी गर्ने गरेको, सार्वजनिक स्थलमा निर्वाचन प्रचार सामाग्रि टास्ने काम भएको, तोकिएको भन्दा ठूलो आकारमा तुल, ब्यानरको प्रयोग गरिएको लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
मोरङले महिला क्रिकेटको उपाधी हात पा¥यो 
मोरङले महिला क्रिकेटको उपाधी हात पा¥यो 
एक बर्षको अवधिमा १ सय ४९  जना फरार अपराधी पक्राउ
एक बर्षको अवधिमा १ सय ४९  जना फरार अपराधी पक्राउ
दुई मोटरसाइकल ठोकिदा दुईको मृत्यु, दुई गम्भिर
दुई मोटरसाइकल ठोकिदा दुईको मृत्यु, दुई गम्भिर
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण
जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण
इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता 
इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता 
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा