दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
फागुन २१ गते हुने प्रतिनीधीसभा सदस्य निर्वाचनका लागी सप्तरीको क्षेत्र नं.१ का राष्ट्रिय एकता दलका उम्मेदवार शम्भु प्रसाद देवले आफनो चुनावी प्रतिबद्धता आइतबार सार्वजनिक गरेका छन ।
प्रतिबद्धता पत्रमा संघिय हिन्दु गणतन्त्र स्थापना, गौवंश हत्या विरुद्ध कडा कानुन, छुवाछुत, घरेलु हिंशा र दहेजमुक्त समाजको निर्माण, धर्मान्त्रण निषेध, मुस्लिम आयोग खारेज, २०४६ साल यता सार्वजनिक पद धारण गरेका सबै उच्च पदस्थ ब्यक्तिहरुको सम्पत्ती छानवीन गर्न उच्चस्तरिय न्यायिक आयोग गठन लगायतका विषय उनले समेटेका छन ।
उनले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा कुषीलाई आधुनिक र नाफामुलक बनाउने, क्षेत्रमा विश्वस्तरीय प्राविधीक विश्वविद्यालय खोल्ने, कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रलाई समुदायको सहभागितामा व्यवस्थित पार्ने, अन्तरिक्ष अवलोकन अन्वेशन अनुसन्धान तथा विज्ञान पार्क निर्माण गर्ने उल्लेख छ ।
कृषी पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत देशका विभिन्न कार्यालयमा जिम्मेवारी सम्हाल्दै सेवानिवृत भई राजनीतिकमा होमिएका उनले आफ्नो प्रतिबद्धता पत्रमा किसानका लागी समय मै मलखाद्य, विउ विजन र सिंचाईको व्यवस्था, बाढी कटान नियन्त्रणका लागी बायोइन्जिनीयरीङ्ग प्रवृधिको प्रयोग, २१ वर्ष उमेर सम्मका छात्र छात्रालाई निःशुल्क शिक्षा, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, स्थानीयस्तरमा विभिन्न शिप विकास कार्यक्रम संचालन गरी स्वरोजगार सिर्जना गर्ने, सबैको स्वास्थ्य विमा र समाजिक सुरक्षा सुविधा बृद्धी गर्ने तथा क्षेत्रका जनतालाई विश्वसनीय र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एउटा स्तरीय अस्पताल निर्माण गर्ने लगायतका ऐजेण्डा पनि उनले आफ्नो प्रतिबद्धता पत्रमा समेटेका छन ।
६० वर्षिय देव कृषि विज्ञका रुपमा चर्चित छन । चितवनको रामपुर कृषि क्याम्पसबाट स्नाकोत्तर गरेका उनी निदरल्याण्ड र श्रीलंकाबाट समेत कृषीमा उच्च शिक्षा हासिल गरेका छन । त्यसैले अन्य एजेन्डासंगै उनले कुषिक्षेत्रलाई उच्च प्राथमिक्तामा राखेका छन ।
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
सारांश
- प्रतिबद्धता पत्रमा संघिय हिन्दु गणतन्त्र स्थापना, गौवंश हत्या विरुद्ध कडा कानुन, छुवाछुत, घरेलु हिंशा र दहेजमुक्त समाजको निर्माण, धर्मान्त्रण निषेध, मुस्लिम आयोग खारेज, २०४६ साल यता सार्वजनिक पद धारण गरेका सबै उच्च पदस्थ ब्यक्तिहरुको सम्पत्ती छानवीन गर्न उच्चस्तरिय न्यायिक आयोग गठन लगायतका विषय उनले समेटेका छन ।
- उनले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा कुषीलाई आधुनिक र नाफामुलक बनाउने, क्षेत्रमा विश्वस्तरीय प्राविधीक विश्वविद्यालय खोल्ने, कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रलाई समुदायको सहभागितामा व्यवस्थित पार्ने, अन्तरिक्ष अवलोकन अन्वेशन अनुसन्धान तथा विज्ञान पार्क निर्माण गर्ने उल्लेख छ ।
- कृषी पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत देशका विभिन्न कार्यालयमा जिम्मेवारी सम्हाल्दै सेवानिवृत भई राजनीतिकमा होमिएका उनले आफ्नो प्रतिबद्धता पत्रमा किसानका लागी समय मै मलखाद्य, विउ विजन र सिंचाईको व्यवस्था, बाढी कटान नियन्त्रणका लागी बायोइन्जिनीयरीङ्ग प्रवृधिको प्रयोग, २१ वर्ष उमेर सम्मका छात्र छात्रालाई निःशुल्क शिक्षा, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, स्थानीयस्तरमा विभिन्न शिप विकास कार्यक्रम संचालन गरी स्वरोजगार सिर्जना गर्ने, सबैको स्वास्थ्य विमा र समाजिक सुरक्षा सुविधा बृद्धी गर्ने तथा क्षेत्रका जनतालाई विश्वसनीय र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एउटा स्तरीय अस्पताल निर्माण गर्ने लगायतका ऐजेण्डा पनि उनले आफ्नो प्रतिबद्धता पत्रमा समेटेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया