२०१९ को विदा सँगै २०२० को आगमन 

राजविराज राजविराज
|
मंगलबार, पौष १५, २०७६
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •     नयाँ वर्षमा सकारात्मक सोच सँगै धेरै विकृतिहरुको पनि जन्म हुँदै जान्छ ।
  • यो विकृतिहरुलाई त्यागी नयाँ वर्षलाई अहिंसा मुलक सत्यकर्मको साथ पुजापाठ गरी आफ्नो परिवारको साथमा मिठा परोपकार बनाई खाने गरेको हाम्रो प्राचिन आधारहरु रहेता पनि अहिले नयाँ वर्षमा जाँडरक्सी तथा मादक पदार्थको सेवन गरी सुरुमा नै मानव जिवनलाई कलंकित गर्ने र नयाँ वर्षको उस्षामा ठूलो बाधकको रुपमा सिद्ध हुने गरेकोले नयाँ वर्षमा मिठा खानपान तथा मिठा संस्कारका साथ इस्टमित्रसँग शुभकामना आदान प्रदान गरी स्हार्दपूर्ण वातावरणलाई अर्जित गरी नयाँ वर्षमा एक अर्काको मंगलमय शुभ होस भन्ने शुभकामनाको आदान प्र्रदान गर्नुपर्ने अवस्थामा नकारात्मक सोचहरुको कहिले पनि विकास हुन नदिनु नयाँ वर्षको शुभकामना हुनेछ ।
  •       अहिलेका नयाँ पिढी युवा विद्यार्थीहरु तथा अन्य समुदायहरुले नयाँ वर्षलाई शुभ संकेतको रुपमा लिनुपर्ने तथा शुभकामनाको शुभ आधार बनाउनुपर्ने देखिन्छ भने जाँडरक्सी, मादक पदार्थ र नशालु जन्य पदार्थहरुको त्याग नयाँ वर्षबाट गर्नुपर्ने एउटा अठोट लिनुपर्ने सन्दर्भ रहेको नयाँ वर्षमा विश्वमा घटेका धेरै घटनाहरुलाई हामी सकारात्मक रुपमा लिई आगामी दिनमा सो घटनाहरुलाई न्यूनीकरण गरी नयाँ सोचका साथ अगाडी बढ्नुपर्ने अवधारणालाई मानव जिवनमा म र मेरो कर्तव्य दयित्व तथा परोकारी भावना सँगै मनोविचारमा सकारात्मक सोचको निर्माण गरी नयाँ वर्षलाई आफू अनुकूल मानव जिवनको मर्म भावना अनुकुल बनाउनुपर्ने अवस्था देखिन्छ ।

अमरनाथ मण्डल
    मानव जिवनको जिवन शैलीमा तिथि मिति साल महिनाको अदभुत महत्वपूर्ण र सन्दर्भ मानिन्छ । नयाँ वर्ष सँगै नयाँ अनुभुतिको आनन्द र हर्षितको अनुभुतिलाई ग्रहण गर्छ । पुराना तितामिठा सन्दर्भहरुलाई विर्सि नयाँ वर्षको आगमन साथ नयाँ आशाको बिज पलाउँछ । मानिसको जिवनमा विगतका घटनाहरु र विगतका सन्दर्भहरु चाहे त्यो खुशी होस, चाहे त्यो दुखी होस् भन्ने अनुभव गर्नेहरु धेरै सरल सहज रुपमा नयाँ भविष्यको परिकल्पना गर्छ । यसै सन्दर्भमा २०१९ मा धेरै यस्ता साकारात्मक र नकारात्मक घटना चक्रहरुको मनस्थितिलाई एउटा सिख र उद्देश्यको रुपमा मानव जिवन लिने गरिन्छ । जसको परिणाम मानव सभ्यता र संस्कृतिमा कहिले पनि हार भन्ने शब्दको परिभाषित हुँदैन । तर जुन मानिस समुदाय व्यक्तिले विगतका घटनाहरु कोट्याई कोट्याई मनमष्तिकलाई अशान्त बनाउने काम गर्छ उसको जिवनमा कहिले पनि खुशीको अनुभुति हुँदैन । मानव संस्कृतिले देखाएका परिघटनाहरुमा दुःख र सुखको संगम रुपमा लिने गरिन्छ । जहाँ दुःख हुन्छ, त्यही सुखको अनुभुति हुन्छ । सुख आउनु भन्दा पहिले दुःखको सिख मानव जिवनलाई लिनै पर्छ । नत्र सुखको स्वादिलो मिठासको अनुभुति कहिले पनि हुँदैन । यही सन्देशको साथ २०१९ मा धेरै मानव जिवनमा उतारचढाव दुःख दर्दको अनुभुति बितेका मानवहरु यी सबै अनुभुतिलाई एउटा सच्चा गुरुको सुत्रलाई आधार मानी सत्यलाई अंगीकार गरी दुःखबाट सिखको अनुभुतिको अनुसरण गर्नुपर्छ । जसले गर्दा विगतमा भएका आफूबाट भएका कमी कमजोरीहरुलाई सच्याउने मौका सच्याउने अवसर प्रदान हुन्छ । त्यस्तै सुख भोगेका घमण्ड र अभिमानलाई कहिले पनि अंगीकार गर्नु पर्दैन । बरु गत वर्ष आफ्नो मेहनत ईश्वरका बरदानबाट प्राप्त भएका सुखलाई अर्जित गरी फेरि पनि सुखको अनुभुतिको खोजमा निरन्तर प्रयासरत हुनुपर्छ । 
    २०१९ को विदा सँगै आज २०२० को सुरुवात शुभ होस् भन्ने आफ्नो इच्छा शक्तिलाई झन बलियो बनाई नाकारात्मक सोचहरुलाई २०१९ मा नै त्यागी २०२० को विहानीको सुर्य उदाउँदा सँगै नयाँ ऊर्जाको साथमा नयाँ सोच र चिन्तन नयाँ कर्मको आधार नयाँ विचार मानव जिवनको सत्यकर्म तथा २०२९ मा भुलवश आफूबाट भएका गल्तीहरुलाई २०१९ मा नै छाडी त्यो गल्तीहरुलाई २०२० मा नदोहो¥ओस् भन्ने मनमस्तिष्कलाई एकाग्रहका साथ कर्मका महासागरमा नुहाउनु पर्ने अवस्थाको सिर्जना गर्नुपर्नेछ । विगतका नाकारात्मक सोचलाई २०१९ मा छाडी साकारात्मक सोचको विकास गर्नुपर्ने अवस्थामा हामी आफ्नो मनमस्तिष्कलाई एकाग्रताका साथ नयाँ वर्षलाई नयाँ तरिकाबाट मानव जिवनको उद्देश्य र मर्मलाई परोपकार भावना राखी कसैको चित नदुखाई, कसैलाई दुःख दर्द नदिई, कसैको भावनासँग खेलवाड नगरी आफू आफैमा उदारताको परिभाषित गर्नुपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । मानव संस्कार अन्य जिवहरुको संस्कार र विचार भन्दा धेरै अगाडी रहेको र मानव संस्कारको परिभाषितलाई कहिले पनि बदनाम हुन नदिन पनि सबैको दायित्व र कर्तव्य रहेको अवस्थामा देश, समाज, परिवार र आफू स्वयंमा २०२० को शुभ अवसरको वर्षको रुपमा अंगिकार गर्नु नै मानव जिवनको संस्कारलाई सबल बनाउन सक्छ । 
    नयाँ वर्षमा सकारात्मक सोच सँगै धेरै विकृतिहरुको पनि जन्म हुँदै जान्छ । यो विकृतिहरुलाई त्यागी नयाँ वर्षलाई अहिंसा मुलक सत्यकर्मको साथ पुजापाठ गरी आफ्नो परिवारको साथमा मिठा परोपकार बनाई खाने गरेको हाम्रो प्राचिन आधारहरु रहेता पनि अहिले नयाँ वर्षमा जाँडरक्सी तथा मादक पदार्थको सेवन गरी सुरुमा नै मानव जिवनलाई कलंकित गर्ने र नयाँ वर्षको उस्षामा ठूलो बाधकको रुपमा सिद्ध हुने गरेकोले नयाँ वर्षमा मिठा खानपान तथा मिठा संस्कारका साथ इस्टमित्रसँग शुभकामना आदान प्रदान गरी स्हार्दपूर्ण वातावरणलाई अर्जित गरी नयाँ वर्षमा एक अर्काको मंगलमय शुभ होस भन्ने शुभकामनाको आदान प्र्रदान गर्नुपर्ने अवस्थामा नकारात्मक सोचहरुको कहिले पनि विकास हुन नदिनु नयाँ वर्षको शुभकामना हुनेछ । 
    अहिलेका नयाँ पिढी युवा विद्यार्थीहरु तथा अन्य समुदायहरुले नयाँ वर्षलाई शुभ संकेतको रुपमा लिनुपर्ने तथा शुभकामनाको शुभ आधार बनाउनुपर्ने देखिन्छ भने जाँडरक्सी, मादक पदार्थ र नशालु जन्य पदार्थहरुको त्याग नयाँ वर्षबाट गर्नुपर्ने एउटा अठोट लिनुपर्ने सन्दर्भ रहेको नयाँ वर्षमा विश्वमा घटेका धेरै घटनाहरुलाई हामी सकारात्मक रुपमा लिई आगामी दिनमा सो घटनाहरुलाई न्यूनीकरण गरी नयाँ सोचका साथ अगाडी बढ्नुपर्ने अवधारणालाई मानव जिवनमा म र मेरो कर्तव्य दयित्व तथा परोकारी भावना सँगै मनोविचारमा सकारात्मक सोचको निर्माण गरी नयाँ वर्षलाई आफू अनुकूल मानव जिवनको मर्म भावना अनुकुल बनाउनुपर्ने अवस्था देखिन्छ । 
    आफू भित्र रहेका असत्यहरुलाई त्याग गरी सत्यलाई अंगिकार गर्नुपर्ने तथा देश प्रेम, जन्मभुमि प्रेम,  आमाबुवाप्रेमलाई बलियो बनाउनुपर्ने र भविष्यका दिनमा परोकारको मनोभावना राखी हिंसालाई त्याग गरी नयाँ विचारको साथमा अगाडी बढ्नुपर्ने अवस्थाको निर्माण गर्नुपर्छ । म स्तम्भकार आफूमा पनि आफ्नो सोच, चिन्तन र मनोवृतिलाई परिवर्तन गरी विश्वको परोपकार हुने भावना साथ सत्यलाई अंगीकार गर्नेछौ भने असत्यलाई सधैं विर्सजन तिर उन्मुख गर्छु । आफ्नो कलम र लेख्नेलाई सधैं मानव जिवनको हितमा र मानव सभ्यता र संस्कृतिको हितमा चलाउने छु भने अपराध र अपराधीलाई कानुनी कठघारामा उभ्याउने प्रयासरत रहनेछु । यसै शुभकामना सँगै नयाँ वर्षमा हामी सबैको मगलमंय शुभ रहोस्, सबै पाठक वर्गहरुमा दिर्घायु उत्तरोत्तर उत्तरोधर प्रगति तथा जिवन सधैं सुखमयको अनुभतिबाट गुज्रियोस् भन्ने शुभकामना दिँदै एक चोटी फेरि नर्ष वर्ष २०२० कसैलाई नबिसाई सधैं २० सो २० होस् भन्ने हाम्रो शुभकामना छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?