दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सप्तरीको तीन पालिकामा जित हासिल गरेको छ । मंगलबार तीन मध्ये दुई पालिकामा लोसपाबाट निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् ।
जिल्लाको रुपनी तथा महादेवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षसहित अन्य नवनिर्वाचित पदाधिकारीले सपथसँगैं पदभार ग्रहण गरे ।
पदभार ग्रहणसँगै गाउँपालिकामा देखिएका समस्याहरु समाधान गर्न सक्रियताका साथ लाग्ने नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्लाको महादेवा गाउँपालिकामा सुनिल कुमार मण्डल र उपाध्यक्षमा अर्चना यादव निर्वाचित भएकी छिन् । त्यस्तै रुपनी गाउँपालिका अध्यक्षमा दिनेश यादव र उपाध्यक्षमा पुष्पा श्रेष्ठ लौगि निर्वाचित भएकी छिन् ।
यता लोसपाले जितेको अर्को छिन्नमस्ता गाउँपालिकामा भने शुक्रबार पदस्थापना कार्यक्रम गरिने सो पार्टीले जनाएको छ ।
रुपनी र महादेवामा पदस्थापन
सारांश
- जिल्लाको रुपनी तथा महादेवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षसहित अन्य नवनिर्वाचित पदाधिकारीले सपथसँगैं पदभार ग्रहण गरे ।
- पदभार ग्रहणसँगै गाउँपालिकामा देखिएका समस्याहरु समाधान गर्न सक्रियताका साथ लाग्ने नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
- जिल्लाको महादेवा गाउँपालिकामा सुनिल कुमार मण्डल र उपाध्यक्षमा अर्चना यादव निर्वाचित भएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया