टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 

राजविराज राजविराज
|
आइतबार, माघ ११, २०७७
|
|
३९ पटक हेरिएको
Shares
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको छ ।
  •       चोरी घटनामा संलग्न मुख्य अभियुक्त सिरहाको लहान नगरपालिका १३ निवासी २२ वर्षिय राकेश यादव, चोरीमा प्रयोग गरिएको ना.
  • ४ख.

दैनिक समाचारदाता
राजविराज, ११ माघ । 
    नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका उपकरण चोरी गरि बिक्रि गर्ने चार जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको छ । 
    चोरी घटनामा संलग्न मुख्य अभियुक्त सिरहाको लहान नगरपालिका १३ निवासी २२ वर्षिय राकेश यादव, चोरीमा प्रयोग गरिएको ना.४ख. ७२४६ नम्बरको मिनि ट्रकका मालिक लहान नगरपालिका ३ निवासी ३५ वर्षिय सूर्यनारायण महतोजनस्, सोही वडा निवासी ३५ वर्षिय पवन जैसवाल र चोरीका उपकरण खरीद गर्ने सिरहाका गोलबजार नगरपालिका ४ बस्ने ४१ वर्षिय दिपक अग्रवाल पक्राउ परेका छन् ।
    पुस २३ गते सप्तरीको सुरुङ्गा नगरपालिका २ हर्दियास्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमले जडान गरेको जिसिएम मोबाइलको बिटिएस टावरको लाखौं मुल्य पर्ने एएच ब्याट्रि २४ थान, पावर केबुल ३५ एमएमको २० मिटर, अर्थिङ केबुल २५ मिटर लगायतका उपकरण र विद्युतीय सामाग्रि चोरी भएको थियो । 
    कवाडी व्यवसायी रहेका अग्रवालको गोदामबाट चोरी गरिएका २४ मध्ये ७ वटा ब्यट्रि र केही उपकरण बरामद भएको तथा प्रहरीले चोरीको सामान ओसार पोसारमा प्रयोग गरिएको ना.४ख. ७२४६ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । उनले घटनाका दिन सो सडकखण्डमा ओहोरदोहर गरेको गाडीहरु बारे सिसि क्यामरामार्फत सोधखोज गर्दा पत्ता लागेको बताए । 
    यता चोरी भएका अन्य १७ वटा ब्याट्रि तथा केही उपकरण ती समूहले भारत पु¥याई बिक्रि गरेको खुलेको र भारतीय प्रहरी अधिकारीसँग समन्वय गरि खोजिकार्य भइरहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
    टेलिकमका कर्मचारी हुँ, उपकरण चेकजाँच गर्न लैजानु पर्छ भन्दै मुख्य अभियुक्त भनिएका राकेश यादवले ट्रकमा लोड गर्न लगाएको र अन्य दुई जनाले सघाएको अनुसन्धानको क्रममा खुलेको डिएसपी साहले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
मन्सापुरमा धान दिवस मनाइयो
मन्सापुरमा धान दिवस मनाइयो
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड