दैनिक समाचारदाता
राजविराज, ३० मंसिर ।
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटनामा परेका एक यूवकका साथबाट लागु औषध बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सप्तरीको कंचनरुप नगरपालिका ११ निवासी २० वर्षिय दिनेश चौधरीले चलाइरहेको स१प ८१४ नम्बरको मोटरसाइकल शम्भुनाथ नगरपालिका ३ सडकखण्डमा आफै अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा चौधरी सामान्य घाईते भएका थिए ।
सामान्य घाइते भएका चौधरीमाथी प्रहरीलाई शंका लागेपछि खानतलासी गर्दा नाईट्रोजन ट्याबलेट १५ थान फेला परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका चौधरीलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
सारांश
- प्रहरीका अनुसार सप्तरीको कंचनरुप नगरपालिका ११ निवासी २० वर्षिय दिनेश चौधरीले चलाइरहेको स१प ८१४ नम्बरको मोटरसाइकल शम्भुनाथ नगरपालिका ३ सडकखण्डमा आफै अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।
- सो दुर्घटनामा चौधरी सामान्य घाईते भएका थिए ।
- सामान्य घाइते भएका चौधरीमाथी प्रहरीलाई शंका लागेपछि खानतलासी गर्दा नाईट्रोजन ट्याबलेट १५ थान फेला परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया