महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड

राजविराज राजविराज
|
बुधबार, आश्विन ८, २०८२
|
|
१२३ पटक हेरिएको
Shares
महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड

सारांश

  •     वडा दशैं, दिपावली र छठ पर्वको अवसर पारेर बुधबार तराई मधेश फाउन्डेशन नेपाल सप्तरीले राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा परिवर्तित परिस्थितिमा महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
  •       फाउन्डेशनकी अध्यक्ष तथा महिला अधिकारकर्मी सुनिता साहले जेनजी आन्दोलनले देशमा आमुल परिवर्तन ल्याएको भन्दै जेनजीले उठाएको भ्रष्टाचार बिरूद्वको आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबै जागरूप हुनुपर्नेमा जोड दिईन ।
  •     उनले जेनजी आन्दोलनपछी बदलिएको राजनीतिक परिस्थितिमा महिलाहरुको सशक्तिकरणका लागि दलगत स्वार्थ भन्दा माथी उठेर सबै एकजुट भई अघि बढ्नु पर्ने आवश्यक औल्याए ।

दैनिक समाचारदाता
राजविराज, ८ असोज ।

    मधेशी महिलाको सशक्तिकरणमा चुनौती र समस्या थपिदै गएकोले महिला अगुवाहरु एकताबद्ध भई अघि बढ्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् । 
    वडा दशैं, दिपावली र छठ पर्वको अवसर पारेर बुधबार तराई मधेश फाउन्डेशन नेपाल सप्तरीले राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा परिवर्तित परिस्थितिमा महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि वक्ताहरुले यस्तो सुझाव दिएका हुन् । 
    फाउन्डेशनकी अध्यक्ष तथा महिला अधिकारकर्मी सुनिता साहले जेनजी आन्दोलनले देशमा आमुल परिवर्तन ल्याएको भन्दै जेनजीले उठाएको भ्रष्टाचार बिरूद्वको आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबै जागरूप हुनुपर्नेमा जोड दिईन ।
    उनले जेनजी आन्दोलनपछी बदलिएको राजनीतिक परिस्थितिमा महिलाहरुको सशक्तिकरणका लागि दलगत स्वार्थ भन्दा माथी उठेर सबै एकजुट भई अघि बढ्नु पर्ने आवश्यक औल्याए । 
    उनले प्रधानमन्त्रीको केही दिन अघि मात्र काठमाडौंमा भएको सपथग्रहण समारोहमा देखिएको व्यवहारले चित्त दुखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई कुर्सीबाट उठेर सम्मान व्यक्त गरेकी प्रधानमन्त्री शुशिला कार्कीले उपराष्ट्रपति रामसहाय यादव आउदा भने कुर्सीमै बसेर रुखो व्यवहार देखाएको बताइन् । 
    यस्तै मिटरब्याजीको नाममा मधेशका समग्र तेली समाजलाई नै अपमान हुने गरि प्रधानमन्त्री कार्कीले अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि पोखे ।  
    संस्थाकी सदस्य पूजा स्वर्णकारद्वारा स्वागत गरि सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, प्राध्यापक एवं मैथिल महिला परिषद्की सल्लाहकार बन्दना मिश्रा, मैथिल महिला परिषद्की सचिव रिता देव, नेपाल पत्रकार महासँघ पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, महिला अधिकारकर्मी अनुराधा देवी साह, सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष धिरेन्द्र दास, नेपाल प्रेस युनियन सप्तरी अध्यक्ष बिनय कुमार लाल कर्ण, प्रेस सेन्टरका अध्यक्ष बिन्दु यादब लगायतले पनि बोल्दै मधेशमा महिला सशक्तिकरणको सवालमा सबै मिलेर आवाज उठाउनु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेतनाको अभावमा कुपोषण दर बढ्यो 
चेतनाको अभावमा कुपोषण दर बढ्यो 
चोरीको मदिरा सेवन गरी वर्कशपमा चोरी
चोरीको मदिरा सेवन गरी वर्कशपमा चोरी
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
क्वारेन्टाइनबाट एक गर्भवती यूवती भागिन्, संक्रमणको जोखिम बढ्दै
क्वारेन्टाइनबाट एक गर्भवती यूवती भागिन्, संक्रमणको जोखिम बढ्दै
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
जवाफी कारवाही “इन्काउन्टर” मा चौधरी मारिए, सप्तरी प्रहरी र प्रदेश प्रहरीको विज्ञप्ति नै शंकाको घेरामा
जवाफी कारवाही “इन्काउन्टर” मा चौधरी मारिए, सप्तरी प्रहरी र प्रदेश प्रहरीको विज्ञप्ति नै शंकाको घेरामा