दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ का ४२ वर्षिय विशेश्वर शर्मा बरही र उनका परिवारजन साहुकार पवनकुमार साहको ऋणको फन्दामा परेका छन् ।
साहुकार साहको चर्को मिटर ब्याजको चंगुलमा फसेका उनी बस्दै आएको घर पनि गुमाउने अवस्थामा पुगेपछि न्यायका लागि सहयोगको याचना गरेका छन् ।
बुबा दुखिलालले साहुकार पवनसँग ८ वर्ष ७ महिनाअघि लिएको १ लाख १५ हजार ऋणको रकम अहिले २० लाख भन्दा बढी पुगेको छ । हुने चलनचल्ती ब्याज दरमा लिएको ऋण मध्ये केही रकम बुझाइसकेको र बाँकी रकम चुक्ता गर्न तयार हुँदा पनि ऋण लिदा गरिएको जग्गापास र कागज फिर्ता नगरि बस्दै आएको एक मात्र घर पनि खाली गर्न दबाब दिँदै आएको विशेश्वरले बताए ।
बुबा बितिसकेको अवस्था उनले लिएको रकमको धेरै ब्याज तिरिसकेको भएपनि अहिले २० लाख ६६ हजार ७ सय ४१ रुँपैया नदिएसम्म कागज फिर्ता नगर्ने पवनले अडान लिदा आफुहरु घर न घाटका भएको बताए ।
उनले यसबारे गाउँमा पटक पटक पंचायती बस्दा पनि पवन निर्णय मान्न तयार नभएको गुनासो पोखे । उनले पंचायतमा भएको सहमति अनुसारको रकम तिर्न तयार भएपनि धितो वापत झुक्याएर मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न पवन नमानेकाले आफूहरु समस्यामा परेको बताए ।
विशेश्वरले सात दिन अघि जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिएका छन् । जिल्ला प्रशासन कार्यालयले सोही दिन सक्कलै निवेदनसहित प्रहरी र गाउँपालिकाको न्यायिक समितिलाई पत्राचार गरि उक्त विषयमा आवश्यक पहल गर्न अनुरोध गरेको सुनाउँदै उनले हालसम्म कुनै पहल नभएको बताएका छन् ।
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
सारांश
- साहुकार साहको चर्को मिटर ब्याजको चंगुलमा फसेका उनी बस्दै आएको घर पनि गुमाउने अवस्थामा पुगेपछि न्यायका लागि सहयोगको याचना गरेका छन् ।
- बुबा दुखिलालले साहुकार पवनसँग ८ वर्ष ७ महिनाअघि लिएको १ लाख १५ हजार ऋणको रकम अहिले २० लाख भन्दा बढी पुगेको छ ।
- हुने चलनचल्ती ब्याज दरमा लिएको ऋण मध्ये केही रकम बुझाइसकेको र बाँकी रकम चुक्ता गर्न तयार हुँदा पनि ऋण लिदा गरिएको जग्गापास र कागज फिर्ता नगरि बस्दै आएको एक मात्र घर पनि खाली गर्न दबाब दिँदै आएको विशेश्वरले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया