दैनिक समाचारदाता
राजबिराज, २७ पुस ।
सप्तरी जिल्लाको राजगढ गाउँपालिका ३ निवासी ४५ वर्षिय कुखुरा व्यवसायी सूर्यनारायण मण्डलको शव वेपत्ता भएको १६ दिनपछि शनिबार भेटिएको छ ।
कुखुरा फार्ममै बस्दै आएका मण्डल पुस ११ गते ग्राहकबाट उधारो रकम उठाउन ताकेदामा हिडेका थिए तर, धेरै दिन वित्तिसक्दा पनि उनी नफर्केपछि आफन्तले प्रहरीमा जानकारी गराएका थिए ।
आफन्तबाट प्रहरीमा परेको हुलिया विवरण सहितको उजुरीको आधारमा उनको खोज तलास कार्य भईरहेकै बेला शनिबार साँझ मृत शरीर उनले संचालन गर्दै आएको कुखुरा फर्म भन्दा २ सय मिटरको दुरीमा रहेको रतनसागर पोखरी किनारमा फेला परेको डिएपी तिलक भारतीले जानकारी दिएका छन् ।
मृतकको शव आईतबार पोष्टमार्टमका लागी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । यता पोष्टमार्टम रिपोर्ट आएपछि सत्य, तथ्य, यथार्थ बाहिर आउने डिएसपी भारतीले जानकारी दिए ।
यता स्थानियका अनुसार घरायसी विवादका लागी मण्डलकी पत्नी विगत १५ वर्ष देखि माइतमै बस्दै आएकी छिन् । मण्डल भने कुखुरा फर्ममै बस्दै आएका थिए । मृतक मण्डलका भाइ शिव नारायणले दाजु सूर्य नारायणको मृत्यु बारे सुक्ष्म अनुसन्धान हुनुपर्ने माग समेत गरेका छन् ।
वेपत्ता भएको १६ दिनपछि कुखुरा व्यवसायी मृत भेटिए
सारांश
- कुखुरा फार्ममै बस्दै आएका मण्डल पुस ११ गते ग्राहकबाट उधारो रकम उठाउन ताकेदामा हिडेका थिए तर, धेरै दिन वित्तिसक्दा पनि उनी नफर्केपछि आफन्तले प्रहरीमा जानकारी गराएका थिए ।
- आफन्तबाट प्रहरीमा परेको हुलिया विवरण सहितको उजुरीको आधारमा उनको खोज तलास कार्य भईरहेकै बेला शनिबार साँझ मृत शरीर उनले संचालन गर्दै आएको कुखुरा फर्म भन्दा २ सय मिटरको दुरीमा रहेको रतनसागर पोखरी किनारमा फेला परेको डिएपी तिलक भारतीले जानकारी दिएका छन् ।
- मृतकको शव आईतबार पोष्टमार्टमका लागी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया