दैनिक समाचारदाता
धनुषा, २२ भदौं ।
प्रदेश नं. २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादव र नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
आइतबार आयोजित एक समारोहमा उनीहरुलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् ।
नवनियुक्त डा. यादव सिरहा क्याम्पसमा लामो समय सम्म उपप्राध्यापकको रुपमा कार्यरत थिए भने डा. झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक थिए ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरिएको थियो ।
त्यस्तै प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ । यसअघि नीति आयोगका उपाध्यक्ष हरिवंश झाले सार्वजनिक स्थलमा प्रदेश सांसदको आलोचना गर्दा प्रतिपक्षी काङ्ग्रेसले प्रदेश सरकारसँग कारवाहीको माग गरेको थियो । सो पछि हरिवंश झाले राजीनामा दिएपछि भोगेन्द्र झालाई नियुक्ति गरिएको हो ।
प्रदेश २ का लोकसेवा आयोग अध्यक्ष र नीति आयोग उपाध्यक्षद्वारा सपथ
सारांश
- आइतबार आयोजित एक समारोहमा उनीहरुलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् ।
- नवनियुक्त डा.
- यादव सिरहा क्याम्पसमा लामो समय सम्म उपप्राध्यापकको रुपमा कार्यरत थिए भने डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया