९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारलाई मात्र परिचयपत्र

राजविराज राजविराज
|
बुधबार, पौष १०, २०८१
|
|
१०५ पटक हेरिएको
Shares
९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारलाई मात्र परिचयपत्र

सारांश

  •     बुधबार सबल नेपालको सहयोगमा सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीले आयोजना गरेको “जिल्लास्तरिय सरोकारवालाबीच अपाङ्गताका सवालमा अन्तरसम्वाद” कार्यक्रममा संघका अध्यक्ष बलदेव कुमार मण्डलद्वारा प्रस्तुत प्रतिवेदन र जारि घोषणा पत्रले यस्तो खुलासा गरेको हो ।
  •       प्रस्तुत प्रतिवेदन र घोषणा पत्रमा ६ लाख जनसंख्या रहेको सप्तरीमा विभिन्न खाले अपाङ्गता भएका व्यक्तिको संख्या ९० हजार पुगेपनि राज्य पक्षबाट उनीहरुका लागि खासै सेवा सुविधा उपलब्ध हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिएको छ ।
  •       ९० हजारको संख्यामा अपाङ्गता भएका व्यक्तिहरु जिल्लामा रहेपनि हालसम्म १५ हजार जतिले मात्र अपाङ्गता परिचयपत्र पाउन सकेकोमा चिन्ता व्यक्त गर्दै उनले बाँकी रहेकाहरुलाई पनि अविलम्ब प्रक्रिया पुरा गरेर परिचयपत्र उपलब्ध गराउनु पर्ने माग गरे ।

दैनिक समाचारदाता
राजविराज, १० पुस । 

    ९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारले मात्र अहिलेसम्म अपाङ्गता परिचयपत्र पाएको खुलासा भएको छ । 
    बुधबार सबल नेपालको सहयोगमा सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीले आयोजना गरेको “जिल्लास्तरिय सरोकारवालाबीच अपाङ्गताका सवालमा अन्तरसम्वाद” कार्यक्रममा संघका अध्यक्ष बलदेव कुमार मण्डलद्वारा प्रस्तुत प्रतिवेदन र जारि घोषणा पत्रले यस्तो खुलासा गरेको हो । 
    प्रस्तुत प्रतिवेदन र घोषणा पत्रमा ६ लाख जनसंख्या रहेको सप्तरीमा विभिन्न खाले अपाङ्गता भएका व्यक्तिको संख्या ९० हजार पुगेपनि राज्य पक्षबाट उनीहरुका लागि खासै सेवा सुविधा उपलब्ध हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिएको छ । 
    ९० हजारको संख्यामा अपाङ्गता भएका व्यक्तिहरु जिल्लामा रहेपनि हालसम्म १५ हजार जतिले मात्र अपाङ्गता परिचयपत्र पाउन सकेकोमा चिन्ता व्यक्त गर्दै उनले बाँकी रहेकाहरुलाई पनि अविलम्ब प्रक्रिया पुरा गरेर परिचयपत्र उपलब्ध गराउनु पर्ने माग गरे । 
    अपाङ्गता भएका व्यक्तिको समानता र समावेशीताका लागि अझ संघर्ष गर्नुपर्ने आवश्यकता समेत प्रतिवेदन र घोषणापत्र मार्फत औल्याइएको छ । सो अवसरमा अध्यक्ष मण्डलले अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारका लागि सरोकारवालाहरुसँग सम्वाद थालिएको र यसले उनीहरुलाई समाजमा सम्मानपूर्वक बाच्ने अधिकार प्राप्तिमा सहयोग पु¥याउने विश्वास समेत व्यक्त गरे । 
    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलाई उनले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समेटिएको २७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि अगुवाई र पहल गरिदिन आग्रह समेत गरे । 
    सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिहरुको भेला गराएर अपाङ्गताको सवालमा अन्तरसम्वाद कार्यक्रममार्फत बहस चलाइएको र यसले सार्थक परिणाम ल्याउने उनको विश्वास छ । 
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण, सबल नेपालका प्रतिनिधि निरबहादुर आले, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवका साथै जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय तथा संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?