सांसद साहले एयरपोर्टमा गरे तोडफोड

राजविराज राजविराज
|
मंगलबार, आश्विन २८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
सांसद साहले एयरपोर्टमा गरे तोडफोड

सारांश

  •     फ्लाईट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्टमा तोडफोड गरेका ह्न् ।
  •     सांसद साहले बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआएको र जहाजमा एकजना किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने भएपनि समयमा जहाज नआएकोले आफु आक्रोशमा आएर बुद्ध एयरको काउण्टरमा सामान्य तोडफोड गरेको बताएका छन् ।
  •       जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षिय सौखीलाल चौधरीलाई काठमाडौँ पठाउनका लागि आफुले विमानस्थलका व्यवस्थापकहरुलाई पटक पटक फोन गर्दा समेत कुनै चासो नदेखाएपछि विरामी पिडाले छटपटाईरहेको अवस्थालाई देखेर आफुले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको सांसद साहले स्वीकार गरेका छन् ।

दैनिक समाचारदाता
धनुषा, २७ असोज । 
    राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहले सोमबार जनकपुर एयरपोर्टमा तोडफोड गर्नुका साथै सांसद साह र बुद्ध एयरका व्यवस्थापक प्रमुख विच हातपात समेत भएको छ । 
    फ्लाईट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्टमा तोडफोड गरेका ह्न् ।
    सांसद साहले बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआएको र जहाजमा एकजना किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने भएपनि समयमा जहाज नआएकोले आफु आक्रोशमा आएर बुद्ध एयरको काउण्टरमा सामान्य तोडफोड गरेको बताएका छन् । 
    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षिय सौखीलाल चौधरीलाई काठमाडौँ पठाउनका लागि आफुले विमानस्थलका व्यवस्थापकहरुलाई पटक पटक फोन गर्दा समेत कुनै चासो नदेखाएपछि विरामी पिडाले छटपटाईरहेको अवस्थालाई देखेर आफुले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको सांसद साहले स्वीकार गरेका छन् ।
    यता विरामी चौधरीले आफु विहान ११ बजे नै आएपनि दिउँसो २ बजेसम्म बस्दा समेत विमानस्थलका कर्मचारीहरुले कुनै वास्ता नगरेको र सांसद साहले आफ्नो अवस्था हेरेर आवेगमा आएको बताए ।
    यस्तै बुद्ध एयरका व्यवस्थापक प्रमुख विजय कुमार सिंहले काठमाण्डौको प्राविधिक कारणले विमान ढिलाई भएको र सो विषयमा यात्रुहरुलाई जानकारी गराउदाँ समेत सांसद साहले एक्कासी आएर बुद्ध एयरको काउण्टर माथि तोडफोडसंगै कर्मचारीसंग दुव्र्यवहार गरेको बताए ।
    सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोहि फ्लाईटमा काठमाण्डौ जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारीहरु र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए । धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमानमा बसेर काठमाण्डौँ गएका छन् ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान
दुर्घटनामा एकको मृत्यु, एक गम्भिर
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि …
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
प्रजिअद्वारा जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल 
प्रजिअद्वारा जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल 
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन