मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा

सारांश

  •     आश्रमबाटै वेपत्ता भएकपछी उनकी बृद्ध आमा चिन्तामा डुबेकी छिन ।
  • सप्तरीको शम्भुनाथ नगरपालिका ७ वस्ने ६० वर्षिया आमा इश्वरी देवी चौधरी यसरी चिन्तामा डुबेकी हुन ।
  •       आर्थिक अभावका कारण उनले सुस्त मनस्थितीका २३ वर्षिय छोरा प्रविणको उपचार गराउन नसकी घर मै फलामे सिक्रीमा बाँधेर विगत ५ वर्ष देखी राखेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    फलामे सिक्रीमा बाँधेर विगत ५ वर्ष देखी घरमै राखिएका एक बालकलाई उद्धार गरि उपचारका लागी आश्रमले लिएर गएको छोरा प्रविण ९ महिनापछि वेपत्ता भएका छन् । 
    आश्रमबाटै वेपत्ता भएकपछी उनकी बृद्ध आमा चिन्तामा डुबेकी छिन । सप्तरीको शम्भुनाथ नगरपालिका ७ वस्ने ६० वर्षिया आमा इश्वरी देवी चौधरी यसरी चिन्तामा डुबेकी हुन । 
    आर्थिक अभावका कारण उनले सुस्त मनस्थितीका २३ वर्षिय छोरा प्रविणको उपचार गराउन नसकी घर मै फलामे सिक्रीमा बाँधेर विगत ५ वर्ष देखी राखेका थिए । आर्थिक अभावमा उपचार गराउन नसकी सुस्त मनस्थितीका छोरालाई यसरी बाँधेर राखिएको खबर पाएपछि पुगेको जनकपुरस्थित मानव सेवा आश्रमको टोलीले गत २०८१ असार ४ गते उद्दार गरी लगेको थियो । 
    मधेश प्रदेशका तत्कालिन बन राज्यमन्त्री रञ्जु मण्डल, प्रदेश सांसद महेश प्रसाद यादव, तत्कालिन प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, इन्सेक सप्तरी प्रतिनीधी मनोहर पोखरेल तथा आश्रमका मधेश प्रदेश इन्र्चाज विवेक महतो, आश्रमका सचिव सुमन बर्ताैलाको उपस्थितीमा उद्दार गरी आश्रमले लगेकोमा फागुन ६ गते प्रविण भागेर सम्पर्क विहिन भएको भनी आश्रमले वडाअध्यक्ष गोपाल चौधरीलाई खबर गरेको थियो । 
    सात वर्ष अघि उनले श्रीमान् परशुरामलाई गुमाएकी थिइन । मुटुमा देखिएको समस्या रकम अभावका कारण समयमै उपचार गराउन नसक्दा उनका श्रीमान परशुरामको मृत्यु भएको थियो । कान्छो छोरा सन्तोष मजदुृरीका सिलसिलमा हाल काठमाडौंमा छन । 
    आश्रमका सचिव सुमन बर्ताैलाले शुक्रवार सञ्चारकर्मीहरुसीतको कुराकानीमा आश्रमका केही सरसमानका साथै फोहर उठाउन गाडी आएको वखत ढोका खोलेको मौका छोपी लुकेर प्रविण भागेको बताएका छन् । 
    हाल आर्थिक समस्याका कारण एकजना मात्र सुरक्षा गार्ड राख्न सकिएको र उनी मुल ढोका मै लोडिङ कार्यमा व्यस्त रहेका बेला अचानक प्रविण भागेको उनको भनाइ छ । यहाँ ल्याउने व्यक्तीलाई घरमा जस्तो बाधेर राख्ने प्रचलन आश्रममा नरहेको र प्रविणमा क्रमशः सुधार हुदै गएको अवस्थामा एक्कासी भागे पछि आफुहरु चकित परेको उनको भनाई छ । 
    प्रविण भागेपछि उनको हुलीयासहित खोज तलासमा सहयोग गरिदिन प्रहरीका जिल्लादेखी केन्द्र सम्मका उच्च अधिकारीलाई आग्रह गरिएको उनले बताए । 
    आर्थिक अभावका बावजुद पनि प्रविणको उपचार र खानपीनको व्यवस्था आश्रमले गर्दै आएको बताउँदै उनले प्रविण एक्कासी भाग्नु आफुहरुका लागी पनि दुखःद र दुर्भाग्यपुर्ण भएको सुनाए । 
    आश्रमलाई राज्यपक्षबाट समय मै आवश्यक बजेट उपलब्ध हुन नसक्दा ५ महिनादेखी घर भाडा र दुई महिनादेखी कर्मचारीहरुले तलब पाउन नसकेको दुःखेसो समेत उनले सुनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
यूवकको मृत्युले अस्पताल तनावग्रस्त
यूवकको मृत्युले अस्पताल तनावग्रस्त
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो
सप्तरीमा ५५ हजारले लगाए कोभिड १९ बिरुद्धको पूर्ण खोप
सप्तरीमा ५५ हजारले लगाए कोभिड १९ बिरुद्धको पूर्ण खोप
जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?