मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
६७ पटक हेरिएको
Shares
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा

सारांश

  •     आश्रमबाटै वेपत्ता भएकपछी उनकी बृद्ध आमा चिन्तामा डुबेकी छिन ।
  • सप्तरीको शम्भुनाथ नगरपालिका ७ वस्ने ६० वर्षिया आमा इश्वरी देवी चौधरी यसरी चिन्तामा डुबेकी हुन ।
  •       आर्थिक अभावका कारण उनले सुस्त मनस्थितीका २३ वर्षिय छोरा प्रविणको उपचार गराउन नसकी घर मै फलामे सिक्रीमा बाँधेर विगत ५ वर्ष देखी राखेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    फलामे सिक्रीमा बाँधेर विगत ५ वर्ष देखी घरमै राखिएका एक बालकलाई उद्धार गरि उपचारका लागी आश्रमले लिएर गएको छोरा प्रविण ९ महिनापछि वेपत्ता भएका छन् । 
    आश्रमबाटै वेपत्ता भएकपछी उनकी बृद्ध आमा चिन्तामा डुबेकी छिन । सप्तरीको शम्भुनाथ नगरपालिका ७ वस्ने ६० वर्षिया आमा इश्वरी देवी चौधरी यसरी चिन्तामा डुबेकी हुन । 
    आर्थिक अभावका कारण उनले सुस्त मनस्थितीका २३ वर्षिय छोरा प्रविणको उपचार गराउन नसकी घर मै फलामे सिक्रीमा बाँधेर विगत ५ वर्ष देखी राखेका थिए । आर्थिक अभावमा उपचार गराउन नसकी सुस्त मनस्थितीका छोरालाई यसरी बाँधेर राखिएको खबर पाएपछि पुगेको जनकपुरस्थित मानव सेवा आश्रमको टोलीले गत २०८१ असार ४ गते उद्दार गरी लगेको थियो । 
    मधेश प्रदेशका तत्कालिन बन राज्यमन्त्री रञ्जु मण्डल, प्रदेश सांसद महेश प्रसाद यादव, तत्कालिन प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, इन्सेक सप्तरी प्रतिनीधी मनोहर पोखरेल तथा आश्रमका मधेश प्रदेश इन्र्चाज विवेक महतो, आश्रमका सचिव सुमन बर्ताैलाको उपस्थितीमा उद्दार गरी आश्रमले लगेकोमा फागुन ६ गते प्रविण भागेर सम्पर्क विहिन भएको भनी आश्रमले वडाअध्यक्ष गोपाल चौधरीलाई खबर गरेको थियो । 
    सात वर्ष अघि उनले श्रीमान् परशुरामलाई गुमाएकी थिइन । मुटुमा देखिएको समस्या रकम अभावका कारण समयमै उपचार गराउन नसक्दा उनका श्रीमान परशुरामको मृत्यु भएको थियो । कान्छो छोरा सन्तोष मजदुृरीका सिलसिलमा हाल काठमाडौंमा छन । 
    आश्रमका सचिव सुमन बर्ताैलाले शुक्रवार सञ्चारकर्मीहरुसीतको कुराकानीमा आश्रमका केही सरसमानका साथै फोहर उठाउन गाडी आएको वखत ढोका खोलेको मौका छोपी लुकेर प्रविण भागेको बताएका छन् । 
    हाल आर्थिक समस्याका कारण एकजना मात्र सुरक्षा गार्ड राख्न सकिएको र उनी मुल ढोका मै लोडिङ कार्यमा व्यस्त रहेका बेला अचानक प्रविण भागेको उनको भनाइ छ । यहाँ ल्याउने व्यक्तीलाई घरमा जस्तो बाधेर राख्ने प्रचलन आश्रममा नरहेको र प्रविणमा क्रमशः सुधार हुदै गएको अवस्थामा एक्कासी भागे पछि आफुहरु चकित परेको उनको भनाई छ । 
    प्रविण भागेपछि उनको हुलीयासहित खोज तलासमा सहयोग गरिदिन प्रहरीका जिल्लादेखी केन्द्र सम्मका उच्च अधिकारीलाई आग्रह गरिएको उनले बताए । 
    आर्थिक अभावका बावजुद पनि प्रविणको उपचार र खानपीनको व्यवस्था आश्रमले गर्दै आएको बताउँदै उनले प्रविण एक्कासी भाग्नु आफुहरुका लागी पनि दुखःद र दुर्भाग्यपुर्ण भएको सुनाए । 
    आश्रमलाई राज्यपक्षबाट समय मै आवश्यक बजेट उपलब्ध हुन नसक्दा ५ महिनादेखी घर भाडा र दुई महिनादेखी कर्मचारीहरुले तलब पाउन नसकेको दुःखेसो समेत उनले सुनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी