ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, जेठ २७, २०७७
|
|
२७ पटक हेरिएको
Shares
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ

सारांश

  • बा.
  • ६७प.
  • ४८५३ नम्बरको मोटरसाइकलमा चामलको बोरा लोड गरि राजविराजतर्फ आउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा मण्डललाई सप्तरीको विष्णुपुर गाउँपालिकास्थित हुलाकी सडकखण्डको खुरहुरिया चौकबाट पक्राउ गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
    स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र झुण्ड्याएर ठूलो परिमाणको लागुऔषध लैजाँदै गर्दा एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी २२ अनिलकुमार मण्डल रहेको पहरले जनाएको छ ।
बा.६७प. ४८५३ नम्बरको मोटरसाइकलमा चामलको बोरा लोड गरि राजविराजतर्फ आउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा मण्डललाई सप्तरीको विष्णुपुर गाउँपालिकास्थित हुलाकी सडकखण्डको खुरहुरिया चौकबाट पक्राउ गरिएको हो ।  
    प्रहरीको चेकजाँचबाट जोगिन मण्डलले घाँटीमा स्वास्थ्यकर्मी (ल्याब असिस्टेन्ट) को नक्कली परिचयपत्र झुण्ड्याएका थिए । प्रहरीले चेकजाँचको क्रममा चामलको बोरा भित्र लुकाइ राखेको ठूलो परिमाणको प्रतिबन्धित लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।    उनका अनुसार चामलको बोराभित्र लागु औषध स्पासमोप्रोकसिभव क्याप्सुल ३ हजार १ सय ६८ थान र डेलेक्स डिसि २८ बोतल प्रहरीले बरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा सोध्दा उनले आफू स्वास्थ्यकर्मी रहेको र क्वारेन्टाइन केन्द्रतर्फ चामल पु¥याउन जाँदै गरेको बताएका थिए । तर, शंका लागेर चेकजाँच गर्दा उनी लागु औषधको कारोबारी रहेको खुलेको प्रहरीको भनाई छ । 
एक साताअघि मात्र प्रहरीले चिनिको झोलाभित्र दश लाख रुँपैया लुकाएर ल्याउँदै गर्दा एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी पीडितद्वारा बालीनालीको क्षतिपूर्तीका लागी भारतीय सरकारसँग कुटनीतिक पहल गर्न माग
कोशी पीडितद्वारा बालीनालीको क्षतिपूर्तीका लागी भारतीय सरकारसँग कुटनीतिक पहल गर्न माग
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित 
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित 
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर
भारत्तोलनका खेलाडीहरुको विदाई
भारत्तोलनका खेलाडीहरुको विदाई
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन
मिटरब्याजीको आरोपमा भगत पक्राउ
मिटरब्याजीको आरोपमा भगत पक्राउ
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी