विद्यालयमा प्रअका छोरी र नगर प्रमुखको सासुको नियुक्तिले स्थानीय आन्दोलित

राजविराज राजविराज
|
बुधबार, बैशाख १८, २०७६
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  •     स्थानीय तहका प्रमुखले नातागोता आफन्तलाई शिक्षकमा नियुक्ती गर्न लिखित परीक्षा पूर्व प्रश्नपत्र आउट भएको भन्दै विरोध भएपछि मौखिक परीक्षा स्थगित गरेको थियो ।
  • तर, एक्कसी १६ गते मौखिक परीक्ष लिएर विद्यालयका प्रधानाध्यापक हरिबंश मंडरले परीक्षामा आफ्नो छोरी सरस्वती कुमारी मण्डल र नगर प्रमुख आतेश कुमार सिंह यादवले आफ्नो माइजू सासु लिलम कुमारी यादवलाई उत्र्तीण गराईएपछि विवाद चर्किएको हो ।
  •       सो वडाका अध्यक्ष विजयनारायण कापैरसहित व्यवस्थापन समिति सदस्यत्रय प्रमाणी, सुवोध झा, संगीताकुमारी दास र स्थानीय दिनेश यादवसहित परीक्षामा समिलित अन्य उम्मेदवारलगायतले बुधबार राजविराजस्थित शिवमन्दिर परिसरमा पत्रकार सम्मेलनगरी प्रअ, व्यवस्थापन समिति र नगर प्रमुखले जवरजस्ती उत्र्तीण गरेकोले तत्काल बदरको माग गर्दे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 
    सप्तरीको बोदेबरसाइन नगरपालिका ७ स्थित महेन्द्र चुन्नी माध्यमिक विद्यालयमा  प्रधानाध्यापकका छोरी र नगरपालिका प्रमुखका माइजू सासुको राहत शिक्षकको दरवन्दीमा उत्तीर्ण गराएपछि स्थानीय आन्दोलित भएका छन् ।
    स्थानीय तहका प्रमुखले नातागोता आफन्तलाई शिक्षकमा नियुक्ती गर्न लिखित परीक्षा पूर्व प्रश्नपत्र आउट भएको भन्दै विरोध भएपछि मौखिक परीक्षा स्थगित गरेको थियो । तर, एक्कसी १६ गते मौखिक परीक्ष लिएर विद्यालयका प्रधानाध्यापक हरिबंश मंडरले परीक्षामा आफ्नो छोरी सरस्वती कुमारी मण्डल र नगर प्रमुख आतेश कुमार सिंह यादवले आफ्नो माइजू सासु लिलम कुमारी यादवलाई उत्र्तीण गराईएपछि विवाद चर्किएको हो । 
    सो वडाका अध्यक्ष विजयनारायण कापैरसहित व्यवस्थापन समिति सदस्यत्रय प्रमाणी, सुवोध झा, संगीताकुमारी दास र स्थानीय दिनेश यादवसहित परीक्षामा समिलित अन्य उम्मेदवारलगायतले बुधबार राजविराजस्थित शिवमन्दिर परिसरमा पत्रकार सम्मेलनगरी प्रअ, व्यवस्थापन समिति र नगर प्रमुखले जवरजस्ती उत्र्तीण गरेकोले तत्काल बदरको माग गर्दे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
    विद्यालयमा मावि समाजिक विषयको एक सीटमा नगर प्रमुख नजिकको विनोद कुमार यादव र व्यवस्थापन समिति अध्यक्ष नजिकको निरन्जन कुमार पण्डितलाई उत्तीर्ण गराउने खिचातानीले सो विषयको मौखिक परीक्षा नै स्थगित गरीएको व्यवस्थापन समितिका सदस्य देवनारायण प्रमाणीले जानकारी दिए ।
    चैत २९ गते राहत दरबन्दीका लागि लिएको लिखित परीक्षाको परिणाम त्यहि दिन सार्वजनिक गरेको थियो । सोही दिन नतिजा सार्वजनिक लगतै बोदेबरसाइन नगरपालिका उपप्रमुख रञ्जुकुमारी साहको पहलमा परीक्षाको बस्तुगत प्रश्नपत्र बाहिरएको भन्दै केही परीक्षार्थीहरुले स्थगनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दर्ता गराएका थिए । जिल्ला प्रशासन कार्यालयले आवश्यक जाँचबुझ गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र लेखियो । 
    शिक्षक छनौट समितिले माध्यमिक तहमा सामाजिक र विज्ञान विषयमा एक÷एक जना र मिावि तहमा सामाजिक र नेपाली विषयमा एक÷एक जना राहत शिक्षकका लागि परीक्षा लिएको थियो । मावि सामाजिकमा सात, विज्ञानमा दुई, निमावि सामाजिकमा १२ र नेपालीमा नौ जना गरी ३० जनाले आवेदन गरेका थिए । 
    परीक्षामा अनियमितता भएको भन्दै परीक्षाथीहरु राजसेवि कुमारी राउत, बुधेश्वर राम, आरतीकुमारी यादवले परीक्षाको बस्तुगत प्रश्नपत्र आउट भएको भन्दै परीक्षाको बाँकी परीक्षा स्थगनको माग गर्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए । 
राहत दरबन्दी २०६७÷०६८ आवकै रहेको तर, पटक–पटक विवादका कारण स्थगित हुँदै आएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता
डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु
घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त  
उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त  
नहरमा डुबेर एक बालकको ज्यान गयो
नहरमा डुबेर एक बालकको ज्यान गयो
सामुदायिक सेवा केन्द्र सप्तरीको  अध्यक्षमा दास निर्विरोध
सामुदायिक सेवा केन्द्र सप्तरीको  अध्यक्षमा दास निर्विरोध
वडा अध्यक्षको निधन शोकमा बिदा
वडा अध्यक्षको निधन शोकमा बिदा
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण