सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान 

राजविराज राजविराज
|
बुधबार, बैशाख २४, २०७७
|
|
४३ पटक हेरिएको
Shares
सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान 

सारांश

  •     कृषि क्षेत्रमा प्रतिकुल प्रभावलाई न्युनिकरण गर्ने, राहत तथा अनुदान प्रवाहबाट कृषकहरूलाई संरक्षण गर्न राहत र पुनःस्थापनाका लागि प्रदेश नं.
  • २ को भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुदान दिने भएको हो ।
  •     जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबको अध्यक्षतामा बुधबार राजविराजमा बसेको बैठकले जिल्लामा विशेष परिस्थितिले गर्दा गरिएको लकडाउनले कृषि क्षेत्रमा पारेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै कृषकलाई राहत, ब्याजमा अनुदान, कृषिजन ढुवानीमा अनुदान दिने निर्णय गरेको छ ।

दैनिक समाचारदाता
राजबिराज, २४ बैशाख ।
    कोरोना भाईरसको संक्रमणबाट जोगिन गरिएको लकडाउनका कारण कृषि क्षेत्रमा परेको असरलाई केही मात्रामा भएपनि न्युनिकरण गर्नका लागि प्रदेश २ सरकारले सप्तरीमा ३ करोड ७५ लाख रकम अनुदान दिने भएको छ । 
    कृषि क्षेत्रमा प्रतिकुल प्रभावलाई न्युनिकरण गर्ने, राहत तथा अनुदान प्रवाहबाट कृषकहरूलाई संरक्षण गर्न राहत र पुनःस्थापनाका लागि प्रदेश नं. २ को भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुदान दिने भएको हो ।
    जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबको अध्यक्षतामा बुधबार राजविराजमा बसेको बैठकले जिल्लामा विशेष परिस्थितिले गर्दा गरिएको लकडाउनले कृषि क्षेत्रमा पारेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै कृषकलाई राहत, ब्याजमा अनुदान, कृषिजन ढुवानीमा अनुदान दिने निर्णय गरेको छ ।
    बैठकमा प्रमुख प्रभाकर यादबले ब्यवसायिक रूपमा गरिएको खेतीमा भएको क्षतिको हकमा स्थानिय तहको सिफारिस तथा प्रहरी कार्यालयको मुचुल्का तथा क्षतिको प्रतिवेदन र क्षतिको आंकलनका आधारमा राहत प्रदान गरिने निर्णय भएको जानकारी दिएका छन् ।
    मौसमी तरकारी, सामुहिक रूपमा क्षति भएको हकमा क्षति भएको ठाँउमा आगामी मौसमा मुख्य बाली र खेती तथा बस्तुका लागि लक्षित गरी कृषि ज्ञान केन्द्रमार्फत पाउने गरी कृषि बस्तुको उत्पादन सामग्री सिचाई तथा बाली कटानी लगायतमा अनुदान दिने उनले जनाए ।
    प्रदेश भित्रका साना किसानहरूलाई मलखाध, बिउबिजन, भुरा, चल्ला, उत्पादन सामग्री, सिंचाई लगायतका प्रमुख उत्पादन सामग्री खर्च जुटाउन तथा उन्नत कृषि उत्पादन प्रबिधि प्रयोग गरेका ऋणीहरूलाई मन्त्रालयले ब्याज अनुदान वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने ब्यबस्था मिलाउने गरि निर्देशन दिएको प्रमुख यादबले जानकारी दिए ।
    यता राहतका लागि लक्षित ब्यक्ति र फर्मको हकमा प्राबिधिकको स्पष्ट प्रतिवेदन, स्थानिय तहको सिफारिस, प्रहरी मुचुल्का, प्रतिवेदन, नागरिकताको प्रतिलिपि, विमा गरेको हकमा सोको प्रमाणित लगायतका माग गरे बमोजिम आबश्यक कागजात पेशको आधारमा अनुदान उपलब्ध गराउने कृषि ज्ञान केन्द्र राजबिराजले जनाएको छ ।
    
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
दैनिक समाचारदाता
राजबिराज, २४ बैशाख ।
    लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेकाहरुलाई नेपाल परिवार दल सप्तरीले बुधबार राहत बितरण गरेको छ ।
    सो पार्टीका जिल्ला अध्यक्ष मोहम्मद मोईनउद्दिन (बब्लु खान) को नेतृत्वमा राजबिराज नगरपालिका भित्रका सरकारी राहत पाउनबाट बञ्चित वा छुटेका तथा नागरिकता नभएका २५ जना अतिगरिव तथा मजदुर परिवारलाई सो राहत बितरण गरिएको हो ।
    सो अवसरमा नेपाल परिवार दलका केन्द्रीय संतोष कुमार दास, राजबिराज नगरपालिका वडा नं. ३ का अध्यक्ष सुर्दशन सिंह, वडा नं. ६ का अध्यक्ष प्रेम यादव, परिवार दलका जिल्ला बरिष्ठ उपाध्यक्ष पुरेन्धर दास, जिल्ला सचिव प्रमेश्वर यादब, सल्लाहकार सुरेन्द्र प्रसाद साह, सहकारी संघ सप्तरीका प्रबन्धक रमेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
मधेश प्रदेश सरकारबाट जनमत बाहिरियो, समर्थन पनि फिर्ता 
मधेश प्रदेश सरकारबाट जनमत बाहिरियो, समर्थन पनि फिर्ता 
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
राधाकृष्ण मन्दिरमा चोरी
राधाकृष्ण मन्दिरमा चोरी
गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार 
गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार 
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच  मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच  मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज