रेशम चौधरी लगायत ११ जनाको मुद्दा  खारेजीको माँग गर्दै प्रमलाई ज्ञापन

राजविराज राजविराज
|
आइतबार, चैत्र १७, २०७५
|
|
५० पटक हेरिएको
Shares
रेशम चौधरी लगायत ११ जनाको मुद्दा  खारेजीको माँग गर्दै प्रमलाई ज्ञापन

सारांश

  •     “रेशम चौधरी बचाऔ”ं अभियान संघर्ष समितिका संयोजक रमाकान्त चौधरी (राज थारु)को अगुवाईमा ¥याली निकाल्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाइएको हो ।
  •     स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको संघर्ष समितिको ¥यालीमा रेशम चौधरीसहित ११ जना थरुहट आन्दोलनकारीमाथी लागेको जन्मकैदको मुद्दा खारेजी गरी अविलम्ब रिहा गर, थरुहट आन्दोलनका क्रममा भएका सम्झौता संविधान संशोधन गरेर कार्यान्वयन गर, टिकापुर घटना छानबिनका लागि बनेका विभिन्न छानबिन समिति र आयोगको प्रतिवेदन सार्वजनिक गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकी उनीहरु जिल्ला प्रशासन कार्यालय पुगि ज्ञापनपत्र बुझाएका थिए ।
  •       यस्तै ज्ञापनपत्रमा राजनीतिक मुद्दामा अदालतले ११ जनालाई गरेको जन्म कैदको फैसलाप्रति आपत्ति जनाउँदै माँग सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी समेत दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
    प्रतिनिधि सभा सदस्य पदको शपथ लिएका रेशमलाल चौधरीसहित ११ जनामाथी लागेको जन्मकैदको मुद्दा खारेज लगायतको ११ बुँदे माँग अघि सार्दै आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । 
    “रेशम चौधरी बचाऔ”ं अभियान संघर्ष समितिका संयोजक रमाकान्त चौधरी (राज थारु)को अगुवाईमा ¥याली निकाल्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाइएको हो ।

    स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको संघर्ष समितिको ¥यालीमा रेशम चौधरीसहित ११ जना थरुहट आन्दोलनकारीमाथी लागेको जन्मकैदको मुद्दा खारेजी गरी अविलम्ब रिहा गर, थरुहट आन्दोलनका क्रममा भएका सम्झौता संविधान संशोधन गरेर कार्यान्वयन गर, टिकापुर घटना छानबिनका लागि बनेका विभिन्न छानबिन समिति र आयोगको प्रतिवेदन सार्वजनिक गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकी उनीहरु जिल्ला प्रशासन कार्यालय पुगि ज्ञापनपत्र बुझाएका थिए । 
    यस्तै ज्ञापनपत्रमा राजनीतिक मुद्दामा अदालतले ११ जनालाई गरेको जन्म कैदको फैसलाप्रति आपत्ति जनाउँदै माँग सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी समेत दिइएको छ ।
    टिकापुर घटनाको विषयमा कैलाली जिल्ला अदालतले सासंद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेपछि सो अदालतको फैसला र सरकारको भूमिकाप्रति तिब्र असन्तुष्टि जनाउँदै थारु समुदाय जिल्ला जिल्लामा संघर्ष समिति गठन गरि आन्दोलनको तयारी गरिरहेको संयोजक चौधरीले बताए । 
    यता ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति  
मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति  
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन