प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी

राजविराज राजविराज
|
बिहिबार, आश्विन २५, २०८०
|
|
३० पटक हेरिएको
Shares
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी

सारांश

  • दैनिक समाचारदाता राजविराज, २५ असोज ।
  •     दरबन्दी नै खारेज गरि द्वितिय श्रेणीका शिक्षकलाई सरुवा गरेर तृतिय श्रेणीका शिक्षकलाई प्रधानाध्यापक बनाउन खोजेको भन्दै विद्यार्थीहरुले बिहीबार सप्तरीको एक विद्यालय र पालिकामा तालाबन्दी गरेका छन् ।
  •       सप्तरीको राजगढ गाउँपालिकास्थित श्री जनता शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका र विद्यालयमा तालाबन्दी गरेका हुन् ।

— दरबन्दी नै खारेज गरि द्वितिय श्रेणीका शिक्षकलाई सरुवा गरेर तृतिय श्रेणीका शिक्षकलाई प्रअ बनाउने प्र्रपञ्च 
— द्वितिय श्रेणीको विद्यालयका निमित्त प्रधानाध्यापक रबिन्द्र साहलाई दरबन्दी समेत खारेज गरेर प्रस्तावित जनता मावि बेल्ही चपेनामा सरुवा 
— द्वितीय श्रेणीका शिक्षकलाई हटाएर तृतिय श्रेणीका शिक्षकलाई प्रअको जिम्मेवारी दिन खोज्नु अन्यायसँगै अनियमितता लुकाउन खोजेको विद्यालयका जग्गादाता मध्येका एक रामचन्द्र यादवको आरोप

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।

    दरबन्दी नै खारेज गरि द्वितिय श्रेणीका शिक्षकलाई सरुवा गरेर तृतिय श्रेणीका शिक्षकलाई प्रधानाध्यापक बनाउन खोजेको भन्दै विद्यार्थीहरुले बिहीबार सप्तरीको एक विद्यालय र पालिकामा तालाबन्दी गरेका छन् । 
    सप्तरीको राजगढ गाउँपालिकास्थित श्री जनता शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका र विद्यालयमा तालाबन्दी गरेका हुन् । 
    माथिल्लो तहका प्रधानाध्यापकलाई पूर्वाग्रही भई सरुवा गरेको बिरोधमा आन्दोलनमा उत्रेका विद्यार्थीहरुले बिहान विद्यालय खुल्नासाथ चर्को नाराबाजी गर्दै पालैपालो विद्यालय र गाउँपालिकामा तालाबन्दी गरे । 
    द्वितिय श्रेणीको विद्यालयका निमित्त प्रधानाध्यापक रबिन्द्र साहलाई दरबन्दी समेत खारेज गरेर प्रस्तावित जनता मावि बेल्ही चपेनामा सरुवा गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । खारेज गरिएको दरबन्दी कायम हुनु पर्ने र साहको सरुवा बदर हुनुपर्ने आन्दोलनमा उत्रेका विद्यार्थीहरुको मुख्य माग छ ।
    उनीहरुले पूर्वाग्रही ढंगले तथा आफ्नो अनुकुल मान्छेलाई प्रधानाध्यापक बनाउने मनसायले विद्यालय व्यवस्थापन समिति तथा गाउँपालिकाको मिलोमतोमा जबरजस्ती प्रस्तावित विद्यालयमा निमित्त प्रख साहलाई सरुवा गरेको आरोप लगाएका छन् । 
    तृतिय श्रेणीमा रहेका पूर्व निमित्त प्रअ नारायण यादवलाई निमित्त प्रअ बनाउने योजनामा विद्यालय व्यवस्थापन समिति र गाउँपालिका समेत लागेपछि आफूहरुको पढाई चौपट हुने भन्दै तालाबन्दीमा उत्रेको विद्यार्थीहरुको भनाई छ । 
    तृतिय श्रेणीका यादवले यसअघि निमित्त प्रअको रुपमा काम गर्दै आएकोमा द्वितीय श्रेणी भएको नाताले आफूले प्रअको जिम्मेवारी पाउनु पर्ने माग गर्दै आएका साहले जिम्मेवारी नपाएपछि विगतमा अदालतमा मुद्दा हालेका थिए । उच्च अदालत जनकपुर–राजविराज इजलाशले उनकै पक्षमै फैसला गरेपछि गाउँपालिका निर्णय गरेर साहलाई निमित्त प्रअको जिम्मेवारी दिन बाध्य भएका थिए । 
    अदालतको आदेश अनुसार उनी निमित्त प्रअको जिम्मेवारीमा आएपनि यादवले बरबुझारत नगरि काममा असहयोग गर्दै आएको र पछिल्लो पटक गाउँपालिका र व्यवस्थापन समिति समेतलाई मिलाएर आफ्नो दरबन्दी नै खारेज गरि सरुवा पत्र थमाइदिएको निमित्त प्रअ साहको गुनासो छ । 
    विद्यालयका जग्गादाता मध्येका एक रामचन्द्र यादवले पनि द्वितीय श्रेणीका शिक्षकलाई हटाएर तृतिय श्रेणीका शिक्षकलाई प्रअको जिम्मेवारी दिन खोज्नु अन्यायसँगै अनियमितता लुकाउने खेल भएको बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
संघीयता आएपछि मुलुकमा विकास भएको छ ः सञ्चार मन्त्री लेखी
संघीयता आएपछि मुलुकमा विकास भएको छ ः सञ्चार मन्त्री लेखी
हरेराम, हरेकृष्णाले राजविराज गुञ्जयमान
हरेराम, हरेकृष्णाले राजविराज गुञ्जयमान
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
पहाडी र मधेशीबीच सौहर्दता  हुनुपर्छ ः नेता रिजाल
पहाडी र मधेशीबीच सौहर्दता  हुनुपर्छ ः नेता रिजाल
किशोरीमाथि एसिड प्रहार एक पक्राउ, अर्का फरार
किशोरीमाथि एसिड प्रहार एक पक्राउ, अर्का फरार
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन