ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २४, २०७९
|
|
५८ पटक हेरिएको
Shares
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ

सारांश

  •     पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ घर भई हाल राजविराज नगरपालिका ८ बसोवास गर्दै आइरहेका ३३ वर्षिय धनविर साह, उनका २२ वर्षिया श्रीमती सरिता, २५ वर्षिया साली रन्जु, २२ वर्षिया साली अर्चना र ५५ वर्षिया सासु अमेरिका देवी छन् ।
  •       बिहीबार सप्तरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग शिर्षक मुद्दामा म्याद थप गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
  •       प्रहरीका अनुसार असार १४ गते बिहान ६ बजेतिर बलान बिहुल गाउँपालिका ८ घर भई हाल राजविराज नगरपालिका ८ मै बसोवास गर्दै आएका बिजय यादवको पत्नि संजु, छोरी पिंकी र किरणमाथी साह परिवारले सांघातिक आक्रमण गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
    ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा सप्तरीमा बुधबार साँझ एकै परिवारका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।    
    पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ घर भई हाल राजविराज नगरपालिका ८ बसोवास गर्दै आइरहेका ३३ वर्षिय धनविर साह, उनका २२ वर्षिया श्रीमती सरिता, २५ वर्षिया साली रन्जु, २२ वर्षिया साली अर्चना र ५५ वर्षिया सासु अमेरिका देवी छन् । 
    बिहीबार सप्तरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग शिर्षक मुद्दामा म्याद थप गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 
    प्रहरीका अनुसार असार १४ गते बिहान ६ बजेतिर बलान बिहुल गाउँपालिका ८ घर भई हाल राजविराज नगरपालिका ८ मै बसोवास गर्दै आएका बिजय यादवको पत्नि संजु, छोरी पिंकी र किरणमाथी साह परिवारले सांघातिक आक्रमण गरेका थिए । घरेलु हतियारले टाउको लगायत शरीरको संवेदनशिल अंगमा प्रहार गरेपछि गम्भिर घाइते भएका उनीहरु अहिले पनि उपचारकै क्रममा रहेको प्रहरीको भनाई छ । 
    गम्भिर घाइते भएकाहरुको तर्फबाट संजुका श्रीमान् बिजय यादवको जाहेरीले बादी नेपाल सरकारकोतर्फबाट चलाइएको ज्यान मार्ने उद्योग शिर्षक मुद्दामा पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?