दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सप्तरीले २० वर्षिय एक यूवकलाई ८ वर्ष कैद सजाय तथा ५० हजार क्षतिपूर्ती भराउन आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले सप्तरीको रुपनी गाउँपालिकाका वडा नं ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो । आरोपीबाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।
तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पूर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो । अर्का आरोपी सोही ठाउँका २० वर्षीय आकाश भनिने रमेशकुमार सरदार फरार रहेकाले उनको हकमा मुद्दा मुल्तबी रहेको छ ।
आरोपीहरूले २०७३ माघ ५ गते राति १२ वर्षीया दुई बालिकालाई बलात्कार गरेको भन्दैै पीडित पक्षले २०७३ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयले सो उजुरी दर्ता गरी आरोपितमध्ये सुरेशलाई सोही दिन पक्राउ गरेकामा उक्त अदालतले सुरेशलाई २०७३ फागुन ८ गते धरौटी राखी तारेखमा उपस्थित हुन भनेको थियोे ।
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
सारांश
- जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले सप्तरीको रुपनी गाउँपालिकाका वडा नं ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो ।
- आरोपीबाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।
- तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पूर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया