दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सप्तरीले २० वर्षिय एक यूवकलाई ८ वर्ष कैद सजाय तथा ५० हजार क्षतिपूर्ती भराउन आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले सप्तरीको रुपनी गाउँपालिकाका वडा नं ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो । आरोपीबाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।
तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पूर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो । अर्का आरोपी सोही ठाउँका २० वर्षीय आकाश भनिने रमेशकुमार सरदार फरार रहेकाले उनको हकमा मुद्दा मुल्तबी रहेको छ ।
आरोपीहरूले २०७३ माघ ५ गते राति १२ वर्षीया दुई बालिकालाई बलात्कार गरेको भन्दैै पीडित पक्षले २०७३ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयले सो उजुरी दर्ता गरी आरोपितमध्ये सुरेशलाई सोही दिन पक्राउ गरेकामा उक्त अदालतले सुरेशलाई २०७३ फागुन ८ गते धरौटी राखी तारेखमा उपस्थित हुन भनेको थियोे ।
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
सारांश
- जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले सप्तरीको रुपनी गाउँपालिकाका वडा नं ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो ।
- आरोपीबाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।
- तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पूर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया