सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए

राजविराज राजविराज
|
शुक्रबार, माघ १७, २०७६
|
|
४५ पटक हेरिएको
Shares
सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए

सारांश

  •     एक दर्जन बढी युवाहरु बैदेशिक रोजगारका क्रममा ठगिएको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएको पाँच दिन नबित्दै पुनः सप्तरीका पाँच जना बेरोजगार यूवा ठगिमा परेका छन् ।
  •       सामाजिक संजाल इमोमार्फत कम्बोडियामा आकर्षक तलबमा हलुका सवारीसाधनको चालकको जागिर लगाइदिने भन्दै सप्तरीको सुरुङ्गा नगरपालिका एउटै वडाका पाँच जना युवा ठगिमा परेका हुन् ।
  •       यसरी ठगिमा परेकाहरु सुरुङ्गा नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
    सामाजिक संजालहरुबाट विदेशमा आकर्षक तलबका साथै जागिर लगाइदिने भन्दै विभिन्न प्रलोभन देखाएर ठगि गर्ने गिरोह अहिले निकै सक्रिय भएका छन् । 
    एक दर्जन बढी युवाहरु बैदेशिक रोजगारका क्रममा ठगिएको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएको पाँच दिन नबित्दै पुनः सप्तरीका पाँच जना बेरोजगार यूवा ठगिमा परेका छन् । 
    सामाजिक संजाल इमोमार्फत कम्बोडियामा आकर्षक तलबमा हलुका सवारीसाधनको चालकको जागिर लगाइदिने भन्दै सप्तरीको सुरुङ्गा नगरपालिका एउटै वडाका पाँच जना युवा ठगिमा परेका हुन् । 
    यसरी ठगिमा परेकाहरु सुरुङ्गा नगरपालिका वडा नं. ५ का सुरुज राम, कमल राम, रबिन्द्र राम, रामानँद राम र नाम नखुलेका अन्य एक जनासहित ५ जना रहेका छन् । उनीहरुको ४ लाख ५० हजार रकम ठगिएको छ । 
    घटना क्रमका अनुसार पाँचै जनालाई सामाजिक संजाल इमोबाट अर्जुन कार्की भन्ने व्यक्तिले पाँचै जनासँग कम्बोडियामा आकर्षित तलबका साथ चालकको जागिर लगाइदिने भनेर बारम्बार सम्पर्क गरेर सन्तुष्ट पारेका थिए । उनीहरुलाई सन्तुष्ट पारेपछि पाँचै जनासँग प्रक्रिया अगाडी बढाउन रकम माँग गरेका थिए । सो क्रममा अर्जुन कार्कीलाई पाँच मध्ये चार जनाले एक÷एक लाख र एक जनाले ५० हजार रकम आइएमईमार्फत रकम पठाएका थिए । 
    सो रकम मध्ये ५० हजार सिरहाको मिर्चैयास्थित एक आइएमईमार्फत विपिन बस्नेतको नाउँमा पठाइएको पीडित सुरुज रामले बताए । त्यस्तै बाँकी ४ लाख रकम काठमाडौंको चावाहिल र चुचेपाटीस्थित आइएमईबाट पुनः विपि बस्नेतकै नाउँमा पठाइएको उनले जानकारी दिए । यसरी ४ लाख ५० हजार रकम पठाइएपछि पाँचै जनाको नाममा कम्बोडियाका लागि भिसा समेत अर्जुन कार्कीले पठाएका थिए । 
    पाँचै जना सोही भिसा लिएर काठमाडौं पुगेपछि उनीहरुले अर्जुन कार्कीसँग सम्पर्क गर्ने इमो र अन्य सम्पर्क नम्बर बन्द भएपछि आफूहरु ठगिएको महसुस भएको पीडित सुरुजले बताए । 
    उनीहरु ठगिएपछि काठमाडौंबाट फर्किए लगत्तै बिहीबार राजविराजस्थित आप्रवासी श्रोत केन्द्रमा आएर घटनासम्बन्धी जानकारी दिएका छन् । 
    सप्तरी सामुदायिक विकास केन्द्र नेपाल सप्तरी र सामी परियोजनाद्वारा संचालित श्रोत केन्द्रमा उनीहरु आफ्नो गुनासो र ठगिएको बारे सम्पूर्ण जानकारी दिएपछि केन्द्रले भिसामा अर्कैको नाममा श्रम स्वीकृती भएको देखिएको र त्यसमा रहेको स्टिकर नम्बर समेत अर्कैको नाममा रहेको भन्दै उनीहरु ठगिएको पुष्टि भएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
    शुक्रबार पुनः पीडितहरुलाई श्रोत केन्द्रमा बोलाइएको जानकारी दिँदै अध्यक्ष चौधरीले ठगि बारे जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर थप प्रक्रिया अगाडी बढाउने जानकारी दिए । 
    यसअघि सिरहाको लहान नगरपालिका १८ का मो. इरफान, मो. मुस्तुफा, मो. आलम, मो. अलाउद्दिन र अमिन मियाँले बैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै नक्कली भिसा बनाएर लाखौं ठगी गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका २ औरही विषणपुर बस्ने मो. बसीर मियाँ र उनका छोरा सहजाद आलम विरुद्ध पीडितहरुले अप्रवासी श्रोत केन्द्र राजविराजको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा उजुुरी दिएका थिए ।
    बाबु छोराले कुवैतस्थित एक कम्पनीमा आकर्षक तलबमा जागिरका लागि पठाइदिने भन्दै प्रति व्यक्तिबाट १ लाख ३५ हजारका दरले लिएर नक्कली भिसा उपलब्ध गराएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै
अख्तियारमा राजगढ  गाउँपालिकाबाट १४ उजुरी
अख्तियारमा राजगढ  गाउँपालिकाबाट १४ उजुरी
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस