दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
राजविराज नगरपालिका वडा नं. ६ स्थित एक घरमा आगलागी हुँदा सातलाख भन्दा बढीको क्षति भएको छ ।
स्थानिय सुदिप कुमार गुप्ताको घरमा आईतबार राती विद्युत् सर्ट भएर आगलागी हुँदा सातलाख ६० हजार मुल्य बराबरको धनमाल क्षति भएको हो ।
आगलागीबाट कोठाभित्र रहेका कपडा, सुन, चाँदी, नगद, फर्निचर तथा मोबाइलसहित करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
प्रहरीका अनुसार करिब दुई लाख बराबरका कपडा, दुईलाख बराबरको १३ आना सुन, ३४ हजार बराबरको १७ आना चाँदी, एकलाख ५१ हजार नगद, एकलाख ५० हजार बराबरका फर्निचरका सामान तथा २५ हजार बराबरका ३ थान मोबाइल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीमा सातलाख भन्दा बढीको क्षति
सारांश
- स्थानिय सुदिप कुमार गुप्ताको घरमा आईतबार राती विद्युत् सर्ट भएर आगलागी हुँदा सातलाख ६० हजार मुल्य बराबरको धनमाल क्षति भएको हो ।
- आगलागीबाट कोठाभित्र रहेका कपडा, सुन, चाँदी, नगद, फर्निचर तथा मोबाइलसहित करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
- प्रहरीका अनुसार करिब दुई लाख बराबरका कपडा, दुईलाख बराबरको १३ आना सुन, ३४ हजार बराबरको १७ आना चाँदी, एकलाख ५१ हजार नगद, एकलाख ५० हजार बराबरका फर्निचरका सामान तथा २५ हजार बराबरका ३ थान मोबाइल जलेर नष्ट भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया