दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
बिराटनगरमा संचालित चौथो ईक्युवालिटी कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सप्तरीले दोश्रो जित हात पारेको छ ।
नेपाल क्रिकेट फाउन्डेशन बिराटनगरद्वारा संचालित उक्त प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न खेलमा सप्तरीले सिरहालाई ८ विकेटले पराजित गरेको हो ।
उक्त खेलमा साक्षी यादवको उत्कृष्ट ब्याटिङले सप्तरीले लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
सप्तरीले दिएको १ सय ३ रनको लक्ष्य पछयाउने क्रममा सिरहाले १९ ओभर ६ बलमा सबै बिकेट गुमाई ९४ रनमै सिमित भयो । जसमा अनुराधा चौधरीले १९ र प्रतिक खड्काले ११ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेनन् । यता बलिङतर्फ सप्तरीकी अपेक्षा यादबले ४, सुस्मिता यादब र साक्षी यादबले २÷२ बिकेट लिएकी थिइन् ।
टस जितेर सप्तरीले १९ ओभर ६ बलमा ९ बिकेट गुमाएर १ सय २ रनको योगफल खडा गरेको थियो । जसमा साक्षी यादवले उत्कृष्ट ब्याटिङ गर्दै ५७ रनको पारी खेलेकी थिइन् भने अपेक्षा यादवले ११ रन बनाइन् ।
बलिङतर्फ सिरहाकी अनुराधा चौधरी ४, सरस्वती चौधरीले ३, मिना महतो, प्रतीक्षा खडका १÷१ बिकेट हात पारेकी थिइन् । उक्त खेलमा सप्तरीका साक्षी यादब प्लेयर अफ दि म्याच घोषित भइन् ।
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
सारांश
- नेपाल क्रिकेट फाउन्डेशन बिराटनगरद्वारा संचालित उक्त प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न खेलमा सप्तरीले सिरहालाई ८ विकेटले पराजित गरेको हो ।
- उक्त खेलमा साक्षी यादवको उत्कृष्ट ब्याटिङले सप्तरीले लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
- सप्तरीले दिएको १ सय ३ रनको लक्ष्य पछयाउने क्रममा सिरहाले १९ ओभर ६ बलमा सबै बिकेट गुमाई ९४ रनमै सिमित भयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया