दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
प्रथम देवसुन्दर यादव स्मृति राष्ट्रिय खुल्ला महिला/पुरुष भारोत्तोलन प्रतियोगिता शनिबारदेखी राजविराजमा सुरु हुँदैछ । यस प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक जिल्ला भारोत्तोलन संघ सप्तरीले जनाएको छ ।
जिल्ला भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले प्रतियोगितामा सात वटै प्रदेशका साथै सेना, सशस्त्र र नेपाल प्रहरीका गरि २० वटा टिमको सहभागिता रहेको जानकारी दिएका छन् ।
प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५/३५ खेलमा प्रतिस्पर्धा हुनेछन् । यस्तै प्रतियोगिताको प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्ने तय भएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिएका छन् ।
कुल १ सय २५ खेलाडी सहभागी रहने प्रतियोगितामा महिला खेलाडीको संख्या ४० देखि ५० सम्म रहने उनले बताए । प्रतियोगिताका विजेता खेलाडीलाई कप, मेडल, कदरपत्रका साथै उत्कृष्ट खेलाडीको चयन गरी नगद पु्रस्कार दिने तय भएको समेत जानकारी गराइएको छ ।
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
सारांश
- जिल्ला भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले प्रतियोगितामा सात वटै प्रदेशका साथै सेना, सशस्त्र र नेपाल प्रहरीका गरि २० वटा टिमको सहभागिता रहेको जानकारी दिएका छन् ।
- प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५/३५ खेलमा प्रतिस्पर्धा हुनेछन् ।
- यस्तै प्रतियोगिताको प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्ने तय भएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया