कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १२, २०७८
|
|
७३ पटक हेरिएको
Shares
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन

सारांश

  •     राजविराजमा शिवमन्दिरको प्राङ्गणबाट मसालसहित निस्केको जुलुसले कार्यकर्ता रिहाईको माग तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजारको विभिन्न भागको परिक्रमा गरेको थियो ।
  •       काममा ढिलासुस्ती तथा विकास निर्माण कार्यमा आर्थिक अनियमितता गरेको भन्दै कात्तिक ४ गते जनकपुरमा संघीय ढल विकास तथा खानेपानी कार्यालयका निमित्त प्रमुख इन्जिनियर जागेश्वर कुशवाहामाथी भएको दुव्र्यवहारमा संलग्न रहेको आरोपमा जनमत पार्टीका १७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको छ ।
  •       यसअघि सोमबार आन्दोलन समिति गठन र सिटी जुलुस, मंगलबार मोटरसाइकल ¥याली, बुधबार बिरोध सभा र बिहीबार हरेक वडामा यूवा दस्ता प्रशिक्षण लगायतका आन्दोलन कार्यक्रम सम्पन्न गरिसकेका सो पार्टीले शनिबार अधिवेशन कार्यक्रम र आइतबार आन्दोलनको समिक्षा गरि आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने तयारी गरेको पार्टीका जिल्ला सचिव थानेश्वर साहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
    कार्यकर्ताको रिहाईको माग गर्दै आन्दोलनरत जनमत पार्टीले शुक्रबार राजविराजसहित जिल्लाको प्रमुख बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ । 
    राजविराजमा शिवमन्दिरको प्राङ्गणबाट मसालसहित निस्केको जुलुसले कार्यकर्ता रिहाईको माग तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजारको विभिन्न भागको परिक्रमा गरेको थियो । 
    काममा ढिलासुस्ती तथा विकास निर्माण कार्यमा आर्थिक अनियमितता गरेको भन्दै कात्तिक ४ गते जनकपुरमा संघीय ढल विकास तथा खानेपानी कार्यालयका निमित्त प्रमुख इन्जिनियर जागेश्वर कुशवाहामाथी भएको दुव्र्यवहारमा संलग्न रहेको आरोपमा जनमत पार्टीका १७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको छ । 
    यसअघि सोमबार आन्दोलन समिति गठन र सिटी जुलुस, मंगलबार मोटरसाइकल ¥याली, बुधबार बिरोध सभा र बिहीबार हरेक वडामा यूवा दस्ता प्रशिक्षण लगायतका आन्दोलन कार्यक्रम सम्पन्न गरिसकेका सो पार्टीले शनिबार अधिवेशन कार्यक्रम र आइतबार आन्दोलनको समिक्षा गरि आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने तयारी गरेको पार्टीका जिल्ला सचिव थानेश्वर साहले जानकारी दिए । यस्तै पार्टीका वरिष्ठ नेता अनिस अंसारीले भ्रष्टाचारको अन्त्य तथा कार्यकर्ता रिहाईका लागि थालिएको आन्दोलन अझ सशक्त रुपमा अघि बढ्ने बताए ।
    मसाल जुलुस पश्चात् आयोजित बिरोधसभालाई वरिष्ठ नेता अंसारी, जिल्ला सचिव साहलगायतले सम्बोधन गर्दै पक्राउ परेका कार्यकर्ताको रिहाई तथा भ्रष्टाचार उन्मूलन नभएसम्म आन्दोलन अझ सशक्त रुपमा अघि बढ्ने चेतावनी समेत दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात किलो चाँदीका  गरगहनासहित एक पक्राउ
सात किलो चाँदीका  गरगहनासहित एक पक्राउ
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद 
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद