दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
मलेठ घटनामा सहिद भएकाहरुको सम्झानामा राजविराज नगरपालिकाले विहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा बुधबार सम्पन्न बोर्डको बैठकले उक्त निर्णय गरेको हो ।
मधेश आन्दोलनका क्रममा २०७३ साल फागुन २३ गते तत्कालिन मलेठ गाविस (हाल राजविराज नगरपालिका ९) मलेठमा ज्यान गुमाएका पाँच जना सहिदको सम्झनामा एवं सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाद्वारा विज्ञप्तिमा मार्फत सहीदको सम्झनामा सार्वजनिक विदा दिने गरिएको निर्णयमा सघाउन मातहतका सम्पूर्ण कार्यालय र शिक्षण संघ संस्थालाई अनुरोध समेत गरिएको छ । यसैबीच मलेठ घटनाको दुई वर्ष पुरा भएको २३ फागुन विहीवारका दिन सहिदको सम्मानमा स्मृति सभाको आयोजना समेत गरिने भएको छ ।
उक्त सभालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका साथै मधेश केन्द्रीत दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजक संयुक्त (राजपा–फोरम) समितिले जनाएको छ ।
बि.स. २०७३ साल फागुन २३ गते नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाउ्रँदा मलेठका सन्जन मेहता, पिताम्बर मण्डल, बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।
सो घटनाका क्रममा मृत्यु भएका पाँचैजनालाई तत्कालिन सरकारले सहिद घोषणा गरेको थियो । सो घटना पश्चात् एमाले मेचीमहाकाली राष्ट्रिय अभियान तत्कालका लागि स्थगित गरेको थियो ।
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
सारांश
- राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा बुधबार सम्पन्न बोर्डको बैठकले उक्त निर्णय गरेको हो ।
- मधेश आन्दोलनका क्रममा २०७३ साल फागुन २३ गते तत्कालिन मलेठ गाविस (हाल राजविराज नगरपालिका ९) मलेठमा ज्यान गुमाएका पाँच जना सहिदको सम्झनामा एवं सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
- नगरपालिकाद्वारा विज्ञप्तिमा मार्फत सहीदको सम्झनामा सार्वजनिक विदा दिने गरिएको निर्णयमा सघाउन मातहतका सम्पूर्ण कार्यालय र शिक्षण संघ संस्थालाई अनुरोध समेत गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया