शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १४, २०७९
|
|
४२ पटक हेरिएको
Shares
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन

सारांश

  •     राजविराज ६ स्थित बहिरा बालक स्कुलमै पुगेर राजविराज ७ निवासी समाजसेवी ७५ वर्षिय फुसराज दुगडले आइतबार त्यहा अध्ययनरत ३५ वटै सुस्त श्रवण विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गर्नुका साथै भोजन गराएका हुन् ।
  •       बितरण गरिएका शैक्षिक सामाग्रिहरुमा स्कुल ब्याग, पानीको बोतल, पोशाक तथा कपि, कलम, इरेजर, पेन्सिल लगायतका शैक्षिक छन् ।
  •       कार्यक्रममा उनका जेठा छोरा मनोज र कान्छो छोरा मनिषले बालबालिकाहरुलाई मिष्ठान भोजन गराउँदै भविष्यमा विद्यार्थी र विद्यालयलाई आवश्यक पर्ने थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको विद्यालयकी निमित्त प्रधानाध्यापक चाँदनी कुमारी यादवले बताईन् ।

दैनिक समाचारदाता
राजविराज, १४ फागुन । 

    राजविराजस्थित बहिरा बालक स्कुलका बालबालिकाहरुलाई एक बृद्ध समाजसेवीले शैक्षिक सामग्रि तथा भोजन गराएर आफ्नो ७५ औं जन्मदिन मनाएका छन् ।
    राजविराज ६ स्थित बहिरा बालक स्कुलमै पुगेर राजविराज ७ निवासी समाजसेवी ७५ वर्षिय फुसराज दुगडले आइतबार त्यहा अध्ययनरत ३५ वटै सुस्त श्रवण विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गर्नुका साथै भोजन गराएका हुन् । 
    बितरण गरिएका शैक्षिक सामाग्रिहरुमा स्कुल ब्याग, पानीको बोतल, पोशाक तथा कपि, कलम, इरेजर, पेन्सिल लगायतका शैक्षिक छन् । 
    कार्यक्रममा उनका जेठा छोरा मनोज र कान्छो छोरा मनिषले बालबालिकाहरुलाई मिष्ठान भोजन गराउँदै भविष्यमा विद्यार्थी र विद्यालयलाई आवश्यक पर्ने थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको विद्यालयकी निमित्त प्रधानाध्यापक चाँदनी कुमारी यादवले बताईन् । 
    कार्यक्रममा दुगडका भाई हनुमान दुगड, वडा अध्यक्ष शशि चौधरी, निवर्तमान वडा अधयक्ष मागिलाल नाई, समाजसेवी प्रेम श्रेष्ठ, कृष्णप्रसाद सिटौला, संचारकर्मी लगायतको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना
ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना
संविधान दिवसमा लोसपाको बिरोध कायमै
संविधान दिवसमा लोसपाको बिरोध कायमै
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
तिर्थयात्रु बोकेको बस दुर्घटना पाँचको मृत्यु, ४८ घाइते, शोकमा आइतबार सबै स्थानिय तह बन्द  (नामावली र भिडियोसहित सहित)
तिर्थयात्रु बोकेको बस दुर्घटना पाँचको मृत्यु, ४८ घाइते, शोकमा आइतबार सबै स्थानिय तह बन्द (नामावली र भिडियोसहित सहित)
सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ
संचारकर्मीलाई सुरक्षा सामग्री
संचारकर्मीलाई सुरक्षा सामग्री
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा