दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गरेको पुरै ज्याला नपाएको भन्दै बिहीबार राजविराज नगरपालिका वडा नं. १५ को कार्यालयमा तालाबन्दी गरिएको छ ।
कुलोपैनी मर्मत र सम्भार कार्यमा एक सय दिन खटाई ६० दिनको मात्र भुक्तानी दिएको भन्दै उनीहरुले प्रदर्शन गर्दै तालाबन्दी गरेका हुन् ।
वडा अध्यक्ष रामप्रसाद यादवले ४० दिनको बाँकी रकम अनियमितता गरेको भन्दै स्थानिय कामदारहरुले बिरोध प्रदर्शन गर्दै तालाबन्दी गरेको जनाइएको छ ।
उनीहरुले टायर बालेर चर्को नाराबाजी गर्दै तालाबन्दी गरेपछि वडा कार्यालयको सबै कामकाज दिनभर ठप्प रह्यो ।
महिला कामदार ललिता कुमारी यादवले कुलोपैनी र मर्मत सम्भारमा स्थानिय महिला र पुरुष गरि ६२ जनालाई खटाइएको तर, भुक्तानी दिने बेलामा नापी र हाजिर नपुगेको भन्दै ६० दिनको मात्र पारिश्रमिक दिएकोले आफूहरु बिरोधमा उत्रेको बताइन् ।
पारिश्रमिकमा धाँधली भएको भनी राजविराज नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा गुनासोसहितको उजुरी लिएर पटक पटक गएपनि सुनुवाई नभएकाले बाध्य भई तालाबन्दीमा उत्रनु परेको उनको भनाई छ ।
यता वडा अध्यक्ष रामप्रसाद यादवले कुलोपैनी मर्मत र सम्भार कार्य सोझै नगरपालिकाबाट भएको र वडा कार्यालयको कुनै संलग्नता रहेको दाबी गरे । उनले कार्यस्थलमा नगरपालिकाबाट खटेकै प्राविधीकहरुले निरिक्षण, कामको मुल्याङ्कन र हाजिर अनुसार नै पेश गरेको प्रतिवेदन अनुसार नगरपालिकाले भुक्तानी दिएका बताए ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त विषयमा सत्यतथ्य बुझ्ने काम भइरहेको बताउँदै दुबै पक्षलाई राखी आवश्यक निर्णय गर्ने बताएका छन् ।
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी
सारांश
- कुलोपैनी मर्मत र सम्भार कार्यमा एक सय दिन खटाई ६० दिनको मात्र भुक्तानी दिएको भन्दै उनीहरुले प्रदर्शन गर्दै तालाबन्दी गरेका हुन् ।
- वडा अध्यक्ष रामप्रसाद यादवले ४० दिनको बाँकी रकम अनियमितता गरेको भन्दै स्थानिय कामदारहरुले बिरोध प्रदर्शन गर्दै तालाबन्दी गरेको जनाइएको छ ।
- उनीहरुले टायर बालेर चर्को नाराबाजी गर्दै तालाबन्दी गरेपछि वडा कार्यालयको सबै कामकाज दिनभर ठप्प रह्यो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया