दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
अत्याधिक रक्सी सेवन गरि मातेर घर आएका पतिले क्रुरतापूर्वक पत्नीलाई निर्घात कुटपिट गरि घाइते बनाएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ की ३० वर्षिया मन्जुदेवी खंग पति राजकुमारबाट निर्घात कुटिएपछि घाइते भई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएकी छिन् ।
पतिको कुटाईबट घाइते भएकी मन्जुको आँखा, अनुहार र शरीरका अन्य भागमा गहिरो चोट लागेको छ ।
शनिबार राती अत्याधिक मदिरा सेवन गरि आएका पति राजकुमारले सुरुमा नाबालक छोरालाई कुट्न थालेपछि रोक्न खोज्दा आफूलाई नै कुटपिट गरेको उपचारका क्रममा अस्पतालमा भर्ना भएकी मन्जुले बताईन् ।
यता पत्निलाई क्रृरतापूर्वक यातना दिने राजकुमार भने फरार छन् । उनको खोजी कार्य भइरहेको सप्तरीका प्रहरी नायब उपरिक्षक तिलक भारतीले बताए ।
दैनिक मदिरा सेवन गरेर आउने पति राजकुमारलाई सम्झाउन खोज्दा यसअघि पनि पटक पटक लठ्ी र मुडकीले कुटाई खानुपरेको मन्जुले बताइन् ।
यता गाउँलेहरुले राजकुमार जड्याहाका साथै सन्काहा, शंकालु र अपराधिक मनोबृतीको भएको बताउँदै उनलाई अविलम्ब पक्राउ गरि कडा कारवाही गर्न माँग गरेका छन् ।
रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ की ३० वर्षिया मन्जुदेवी खंग पति राजकुमारबाट निर्घात कुटिएपछि घाइते भई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएकी छिन् ।
- पतिको कुटाईबट घाइते भएकी मन्जुको आँखा, अनुहार र शरीरका अन्य भागमा गहिरो चोट लागेको छ ।
- शनिबार राती अत्याधिक मदिरा सेवन गरि आएका पति राजकुमारले सुरुमा नाबालक छोरालाई कुट्न थालेपछि रोक्न खोज्दा आफूलाई नै कुटपिट गरेको उपचारका क्रममा अस्पतालमा भर्ना भएकी मन्जुले बताईन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया