दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
राजविराज उच्च अदालत बार एशोसिएशनले सप्तरी जिल्ला बार इकाईका सदस्य एवं वरिष्ठ अधिवक्ता सुरेन्द्र प्रसाद यादवको घरमा पेट्रोल बम प्रहार घटनाको घोर निन्दा गरेको छ ।
एशोसिएशनका अध्यक्ष भरत यादवले बिहीबार एक विज्ञप्ति जारि गर्दै वरिष्ठ अधिवक्ता यादवको विष्णुपुर गाउँपालिका गोरगामास्थित घरमा बुधबार राती अज्ञात व्यक्तिले पेट्रोल बम प्रहार गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सो घटनाका दोषि पत्ता लगाई कानुन बमोजिम कारवाहीका लागि सुरक्षा निकायसँग अपिल गरेको छ । चाडपर्वको बेला सुरक्षा निकायको कमजोरी भएको ठहर गर्दै अब उपरान्त यस्ता घटना हुन नदिन सुरक्षानिकायलाई सचेत समेत गराइएको छ ।
यता अधिवक्ता यादवले बम प्रहारबाट कुनै क्षति नभएपनि त्रासको महौल उत्पन्न भएको र आफू सहित परिवार असुरक्षित महसुस गरिरहेको प्रतिक्रिया दिए ।
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
सारांश
- एशोसिएशनका अध्यक्ष भरत यादवले बिहीबार एक विज्ञप्ति जारि गर्दै वरिष्ठ अधिवक्ता यादवको विष्णुपुर गाउँपालिका गोरगामास्थित घरमा बुधबार राती अज्ञात व्यक्तिले पेट्रोल बम प्रहार गरेको उल्लेख गरिएको छ ।
- विज्ञप्तिमा सो घटनाका दोषि पत्ता लगाई कानुन बमोजिम कारवाहीका लागि सुरक्षा निकायसँग अपिल गरेको छ ।
- चाडपर्वको बेला सुरक्षा निकायको कमजोरी भएको ठहर गर्दै अब उपरान्त यस्ता घटना हुन नदिन सुरक्षानिकायलाई सचेत समेत गराइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया