दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहर पोखरेललाई मातृशोक परेको छ ।
सल्लाहकार पोखरेलको आमा मेनका देवी पोखरेलको बुधबार राति राजविराजस्थित आफ्नै निवासमा ८२ बर्षको उमेरमा निधन भएको हो ।
दम्भ, रक्तचाप तथा मधुमेह रोगबाट पीडित पोखरेलको बुधबार राती ८ बजे राजविराज नगरपालिका ५ स्थित आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएको छ ।
अन्नपूर्ण पोष्ट दैनिक सप्तरी प्रतिनिधि समेत रहेका सल्लाहकार पोखरेलको आमा पोखरेलको हिन्दु परम्परा अनुसार बिहीबार सप्तकोशी नदीमा अन्त्यष्टी गरिएको छ ।
यसैबीच बिहीबार नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता, केन्द्रिय परिषद् सभासद् मनोजकुमार माझी, प्रेस युनियनका सचिव रमानन्द देव, पूर्वअध्यक्ष ओमप्रकाश साह लगायतले पत्रकार पोखरेलको घरमा पुगि श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका थिए ।
पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
सारांश
- सल्लाहकार पोखरेलको आमा मेनका देवी पोखरेलको बुधबार राति राजविराजस्थित आफ्नै निवासमा ८२ बर्षको उमेरमा निधन भएको हो ।
- दम्भ, रक्तचाप तथा मधुमेह रोगबाट पीडित पोखरेलको बुधबार राती ८ बजे राजविराज नगरपालिका ५ स्थित आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएको छ ।
- अन्नपूर्ण पोष्ट दैनिक सप्तरी प्रतिनिधि समेत रहेका सल्लाहकार पोखरेलको आमा पोखरेलको हिन्दु परम्परा अनुसार बिहीबार सप्तकोशी नदीमा अन्त्यष्टी गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया