दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
राजविराज नगरपालिका पूर्व उपमेयर मुसा अंसारीको बिहीबार बिहान राजविराजस्थित आफ्नै निवासमा निधन भएको छ । ८३ वर्षिय अन्सारी केही दिन यता श्वास प्रश्वासको समस्याबाट पिडित थिए ।
राजविराज ३ निवासी अन्सारी २०५२ सालमा राजविराज नगरपालिकाको उपमेयरमा अत्याधिक मतले निर्वाचित भएका थिए । तत्कालिन सदभावना पार्टीबाट उम्मेदवार बनेका अन्सारी नगरवासीमा निष्ठा र आदर्शको राजनीतिक प्रतिमूति मानिन्छ ।
मुस्लिम अगुवा हासिम अन्सारीका अनुसार निष्ठा र आदर्शलाई जीवन पद्धति बनाएका अन्सारी पछिल्लो समय कुनै पनि पार्टीमा संलग्न नभई स्वतन्त्र रुपमा आफुलाई उभ्याएका थिए । त्यसकारण पनि नगरवासी माझ प्रिय थिए उनी । उनलाई सबैले मुसा काका भनेर सम्बोधन र आदर गर्थै ।
उनको निधनले दल विशेष मात्र नभएर विकास चाहने सबैलाई अति भएको राजविराज नगरपालिका पूर्व मेयर गोविन्द सिंहको प्रतिक्रिया थियो ।
सोही वडा निवासी नेपाल खेलुकद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझीले भने अत्यन्तै सरल, राम्रा व्यक्ति हुनु हुन्थ्यो । हाम्रा लागि ठुलो क्षति हो ।
श्रद्धाञ्जलीका लागि अन्सारीको पार्थिव शरीर ४ घण्टा निवास स्थलमै राखिएको थियो । ठुलो संख्यामा अन्तिम श्रद्धान्जली दिन आएका नगरवासीका आँखा आँसुले भरिएका थिए ।
इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजान महिना चलिरहेका बेला उनको निधनको खबरले मुस्लिम समुदाय पनि शोकमग्न बनेका छन् ।
अन्सारीको बिहिवारै मुस्लिम धर्म रिती रिवाज अनुसार स्थानीय नुरी कव्रिस्तानमा अन्त्येष्टि गरिएको छ । अन्सारीको श्रीमती सायरा खातुन, २ छोराहरु मो. शब्बिर र मो. सकिल तथा २ छोरी नासिम र यास्मिन रहेका छन् ।
यसैबीच उनको निधनमा शोक मनाउन राजविराज नगरपालिका र मातहतका सबै कार्यालय बिहीबार बन्द गरिएको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले एक प्रेस विज्ञप्ति जारि गरि अंसारीको निधनले अपूर्णिय क्षति भएको भन्दै शोक मनाउन बिहीबार नगरपालिका तथा मातहतका सबै कार्यालय बन्द गरिएको जनाएका छन् ।
रहेनन् पूर्व उपमेयर मुसा अन्सारी, शोक मनाउन कार्यालय बन्द
सारांश
- राजविराज ३ निवासी अन्सारी २०५२ सालमा राजविराज नगरपालिकाको उपमेयरमा अत्याधिक मतले निर्वाचित भएका थिए ।
- तत्कालिन सदभावना पार्टीबाट उम्मेदवार बनेका अन्सारी नगरवासीमा निष्ठा र आदर्शको राजनीतिक प्रतिमूति मानिन्छ ।
- मुस्लिम अगुवा हासिम अन्सारीका अनुसार निष्ठा र आदर्शलाई जीवन पद्धति बनाएका अन्सारी पछिल्लो समय कुनै पनि पार्टीमा संलग्न नभई स्वतन्त्र रुपमा आफुलाई उभ्याएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया