चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 

राजविराज राजविराज
|
बुधबार, चैत्र २३, २०७८
|
|
३८ पटक हेरिएको
Shares
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 

सारांश

  •     बुधवार उपचारका लागि भर्ना भएकी सप्तरीको बोदेबरसाइन नगरपालिका ७ की २९ वर्षिया पुनिता यादवकी नवजात शिशु (छोरा) को मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।
  •       आफन्तजनले उक्त घटनाको छानबिन र दोषि चिकित्सकमाथी कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएपछि सुरक्षाकाकर्मी परिचालन गरिएको थियो ।
  • आफन्तजनले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चिकित्सकको लापरवाहीले बुधबार उपचारका क्रममा एक नवजात शिशुको मृत्यु भएको छ । नवजात शिशुको मृत्यु पश्चात् उनका आफन्तजनले होहल्ला गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो । 
    बुधवार उपचारका लागि भर्ना भएकी सप्तरीको बोदेबरसाइन नगरपालिका ७ की २९ वर्षिया पुनिता यादवकी नवजात शिशु (छोरा) को मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । 
    आफन्तजनले उक्त घटनाको छानबिन र दोषि चिकित्सकमाथी कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएपछि सुरक्षाकाकर्मी परिचालन गरिएको थियो । आफन्तजनले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.दिलीपकुमार साहको लापरवाहीका कारण शिशुको मृत्यु भएको दाबी गर्दै उनीमाथी कारवाहीको माग गरेका छन् ।
    गर्भवती अवस्थामा विगत पाँच महिनादेखि जिल्लाको बोदे बरसाइन नगरपालिका ७ हैठीकी २९  वर्षीया यादव मेसु डा.साहकै प्राइभेट क्लिनिक ‘प्रसुति तथा स्त्री रोग क्लिनिक एण्ड डाइगनोष्ट्रिक डी. सेन्टर राजविराज’ मा जाँच गराउँदै आएकी थिइन् । बुधवार व्यथा लागेपछि पुनितालाई प्रसूति गराउन उनकै सल्लाहमा विहान अस्पताल ल्याएर भर्ना गरिएको थियो ।
    मेसु डा.साहकै सल्लाहअनुसार गर्भवति भाउजूलाई जाँचहरु गराउँदै आए पनि सफल प्रसूति गराउनेतर्फ चिकित्सकहरुले लापरवाही गर्दा सो दुःखद घटना भएको निरजको भनाई छ । 
    यता मेसु डा. साहले बच्चा जन्मिदा सबै ठिकै रहेता पनि ‘मिकोनियम’ भएर शिशुको मृत्यु भएको प्रतिक्रिया दिएका छन् । अस्पतालको तर्फबाट कुनै प्रकारको लापरवाही नभएको भन्दै डा. साहले डिलेभरी भएसँगै ‘मिकोनियम’ अर्थात बच्चाको दिसा मुख हुँदै स्वास नलीमा मिसिएर बच्चाको मृत्यु भएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु