सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको माग

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको माग

सारांश

  •     नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले गरेको आन्दोलन र दिएको सुझावलाई समेत प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रदेशसभामा टेबुल गरेको प्रदेश संचार विधेयक तत्काल फिर्ता लिन माँग गरेको हो ।
  •     पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कुमार कर्णले एक विज्ञप्ति जारी गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले पटक पटक गरेको प्रतिवद्धतालाई समेत बेवास्ता गरी प्रदेश सभामा पत्रकार विरोधी संचार विधेयक प्रदेश सभामा टेबुल गरेको भन्दै तत्काल फिर्ता लिन माँग गरेका छन् ।
  •     सो विधेयक संशोधन गर्ने सरकारी प्रतिवद्धता आएपनि त्यसको बिश्वास योग्य वातावरण सरकारले बनाउन सकेको भन्दै महासचिव कर्णले तत्काल सो विधेयक फिर्ता लिई छलफल र विचार विमर्शको आधारमा नयाँ संचार ऐन विधेयक बनाउन विज्ञप्ति मार्फत माँग गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक । 
    प्रदेश २ सरकारले प्रदेशसभामा टेवुल गरेको संचार बिधेयक फिर्ता लिन नेपाल पत्रकार महासंंघले माँग गरेको छ । 
    नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले गरेको आन्दोलन र दिएको सुझावलाई समेत प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रदेशसभामा टेबुल गरेको प्रदेश संचार विधेयक तत्काल फिर्ता लिन माँग गरेको हो ।
    पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कुमार कर्णले एक विज्ञप्ति जारी गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले पटक पटक गरेको प्रतिवद्धतालाई समेत बेवास्ता गरी प्रदेश सभामा पत्रकार विरोधी संचार विधेयक प्रदेश सभामा टेबुल गरेको भन्दै तत्काल फिर्ता लिन माँग गरेका छन् ।
    सो विधेयक संशोधन गर्ने सरकारी प्रतिवद्धता आएपनि त्यसको बिश्वास योग्य वातावरण सरकारले बनाउन सकेको भन्दै महासचिव कर्णले तत्काल सो विधेयक फिर्ता लिई छलफल र विचार विमर्शको आधारमा नयाँ संचार ऐन विधेयक बनाउन विज्ञप्ति मार्फत माँग गरेका छन् ।
    प्रस्तावित मस्यौदामा गरिएका तमाम प्रवन्धमा नेपाल पत्रकार महासंघ सहमत हुने ठाउ देखिएकाले सो विधेयक फिर्ता लिनुपर्ने उनले स्पष्ट पारे । उनले नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले दिएको सुझाव समेत त्यसमा समाविष्ट नगरिएको र नेपाल पत्रकार महासंघसंग गरिएको छलफलमा संशोधनका विश्वास योग्य आधार प्रदेश सरकारले पेश गर्न नसकेकोले अहिले प्रदेश सभामा टेवुल गरिएको संचार बिधेयक फिर्ता लिनुपर्ने उल्लेख गरे ।
    त्यस्तै नेपाल पत्रकार महासंघ बारा शाखामा देखिएको समस्या समाधानका लागि महासचिव किरणकुमार कर्णको संयोजकत्व र सदस्यमा सचिव आरएन विश्वास र अजयकुमार साह रहेको एउटा छानविन समिति गठन गरिएको छ । 
    त्यस्तै प्रदेश नम्बर २ मा पत्रकारहरुमाथि विभिन्न किसिमको चुनौती र आरोपहरु लागिरहेको बेला पत्रकार महासंघले पत्रकारीतालाई मर्यादित र अनुशासित बनाउनका लागि प्रभावकारी ढंगले सदस्यता शुद्धिकरण अभियान संचालन गर्ने भएको छ ।
    यसका लागि ८ वटै जिल्लाका लागि अभियान चलाइने भएको छ भने सबै शाखालाई सदस्यता नविकरण बारे जानकारी पठाउनका लागि १५ दिनको समय सिमा दिएको महासचिव कर्णले जनाएका छन् । प्रत्येक जिल्ला अध्यक्षसंग समन्वय गरेर पर्सा शाखाका लागि किरण कुमार कर्ण र जीतलाल श्रेष्ठ, बाराका लागि प्रवीण साह, शैलेन्द्र झा, रौतहटका लागि अजय कुमार साह र अजित सिंह, सर्लाहीका लागि रामनारायण बिश्वास र राजन सिंह, महोत्तरीका लागि रिंकु मिश्र र हर्दिश खुद्दार, धनुषाका लागि ललिता साह, सिराहका लागि गुरु प्रसाद गौतम र जगतराई तथा सप्तरी शाखाका लागि सीकेन्द्र पासवान र भोजराज भट्टराईलाई सदस्यता शुद्धिकरण अभियानको जिम्मेवारी दिइएको महासचिव कर्णले जनाए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
डाक्नेश्वरीमा एमालेका उम्मेदवार विजयी    
डाक्नेश्वरीमा एमालेका उम्मेदवार विजयी    
बिकास र समृद्विको महत्वपुर्ण आधार  कृषि नै हो ः कृषि मन्त्री साह 
बिकास र समृद्विको महत्वपुर्ण आधार  कृषि नै हो ः कृषि मन्त्री साह 
निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला
निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी